आज रातीबाट लकडाउन हुनसक्ने !

२०७७ श्रावण २१ बुधबार ०९:०२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोनाको जोखिम बढेसंगै पुन: लकडाउन गर्ने कि नगर्ने भन्नेबारे विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको जनस्वास्थ्यका बिज्ञहरु र सिसिएमसीका पदाधिकारी सहितको छलफलमा ओलीले बिज्ञहरुको सुझाव नै कार्यान्वन गरिने बताएका हुन् । छलफलमा स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुहरु पनि उपस्थित थिए ।

करिब ४ घण्टा चलेको छलफलमा सहभागी अधिकांशले पुन: लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । भने कतिपयले कडा कदम चाल्दै कर्फ्यु नै लगाउनु पर्ने सुझाव दिएका थिए ।

काठमाडौं लगायत देशका अधिकांश मुख्य शहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बृद्धि भईरहेकाले विज्ञहरुका सुझावलाई महत्वपूर्ण रुपमा लिँदै कार्यान्वयनमा लैजाने निष्कर्ष निकालिएको भन्ने स्राेतकाे जानकारी अनुसार पुःन लकडाउन हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

त्यसैबीच, वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले अहिलेसम्म कोभिड–१९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताउनुभयो । कोरोना रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिनभित्रै संक्रमण रोगको रुपमा देखापर्ने निश्चित भएको उहाँको भनाइ थियो ।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवारोग विशेषज्ञ डा. बाबुराम मरासिनीले संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाइ गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो ।

त्यस्तै, डा. प्रकाशराज रेग्मीले सामाजिक सन्जाल ट्वीटरमा पोष्ट गर्दै भन्नुभएको छ, ‘कोरोना आक्रामक भएको छ। धेरै लक्षणात्मक घटनाहरू बढसरहेका छन, मृत्युदर वृद्धि भइरहेको छ, त्यसैले कम्तिमा १४ दिनको लागि तुरुन्त लक लकडाउन आवश्यक छ ।’
(नेपाल समाचारपत्र दैनिकबाट)

 

ताजा खबर