सर्लाहीमा आगलागी, लाखौंको क्षति

२०७७ श्रावण २० मंगलबार १०:०६:०० मा प्रकाशित

सर्लाही । सर्लाहीको बसवरीया गाउँपालिकामा र बागमति नगरपालिकामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । गए राति वडा नं.३ मन्दिरवा टोल बस्ने बिनदेश्वर रायको फुसको घर र गोठ अचानक बिद्युत सर्ट भई आगलागी हुदाँ उक्त क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानियवासीको सहयोगमा आगो पुर्णरुपमा राति नै नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको र घरमा रहेको अन्नपात, लता कपडा र गोठमा रहेको भैसी १ वाट र बखरा ७ वाट जलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुवँरले जानकारी दिए ।

त्यस्तै सोमवार सर्लाहीको बाग्मती नगरपालिकामा गाईवस्तु बाँध्ने गोठमा आगलागी हुदाँ १ लाख बराबरको क्षति भएको सर्लाही प्रहरीले जनाएको छ । वडा नं.६ नेवारचोक बस्ने बिदुरप्रसाद देवकोटाको गाईबस्तु बाँध्ने गोठमा आगलागी हुदाँ उक्त रकम बराबरको क्षति भएको हो । देवकोटाको ५ बर्षिय छोरा सुनिल देवकोटाले आफनो २, ३ जना बच्चा साथिहरुसँगै खेल्ने क्रममा सुकेको मकै पोल्न भनि आगो बाल्दा उक्त आगो मकैको ढोडमा सल्किन गई आगालागी भएको थियो ।
(राजधानी दैनिकबाट)

ताजा खबर