कंगनाको घरमा अज्ञातद्वारा गोली प्रहार

२०७७ श्रावण २० मंगलबार १०:०१:०० मा प्रकाशित

मुम्बई । अभिनेत्री कंगना रनौतको घरलाई लक्षित गरेर गोली प्रहार गरिएको छ । शुक्रबार राति उनको घरअगाडि दुई गोली प्रहार गरेपछि घरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सो गोली कसले चलायो भन्नेबारे आफूहरूले जाँच गरिरहेको प्रहरीले जनाएको छ । कंगनाको घर मनालीमा लक्षित गरेर गोली चलाइएको प्रहरीको कथन छ, ‘गोली चलाउने व्यक्तिबारे अनुसन्धान भइरहेको छ । अहिले हामीले घरको आसपासमा प्रहरी सुरक्षा बढाएका छौं ।’ कसैले कंगनाको परिवारलाई तर्साउनका लागि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

अभिनेत्री कंगनाले पनि पछिल्लो समय आफूले दिएको अभिव्यक्तिप्रति धेरैको असन्तुष्ट बढेको र आफूलाई लक्षित गरेर तर्साउने काम गरिएको हो भनेकी छन्, ‘यस्तो बेलामा परिवारलाई सुरक्षित रहन र नडराउन आग्रह गरेकी छु । घर र आसपासमा देखिने नयाँ व्यक्तिमाथि पूर्ण निगरानी राख्न पनि मैले प्रहरीलाई भनेकी छु ।’

यो विषयमा प्रहरीले छानबिन सुरु गरेको कारण गोली हान्ने मानिसको पत्ता प्रहरीले लगाउनेमा आफु विश्वस्त भएको कंगनाले बताएकी छन् । अभिनेत्री कंगनाले आफ्नो घरमा गोली हान्नेमा मुख्यमन्त्रीको छोरालाई शंका गरेकी छन् । आफूलाई जथाभावी नबोल्न केही दिनदेखि चेतावनी आएको पनि कंगनाले बताएकी छन् ।

घटनाबारे अभिनेत्री कंगनाले भनिन्, ‘राति साढे ११ बजे म आफ्नै बेडरुममा थिएँ । घरबाहिर पोखरी छोरीबाट मेरो बगैंचातर्फ लक्षित गरेर गोली पड्काइयो ।’ सुरुमा पटका हो कि जस्तो लागेर बाहिर हेर्दा कसैले गोली हानिरहेको थाहा भएको उनले बताइन् । त्यसपछि लगातार सर्ट गनबाट दुईपटक फायर गरेपछि आफूलाई डर लागेको र सुरक्षित स्थानतर्फ लुकेको कंगनाले बताएकी छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर