कोरोनासँग लड्न पनि क्वाँटी महत्वपूर्ण

२०७७ श्रावण १९ सोमबार १०:०१:०० मा प्रकाशित

काठमाडौं । जनैपुर्णिमाको दिन नेवार समुदायमा घर घरमा क्वाँटी खाने प्रचलन छ । पछिल्लो सयम सबै समुदायको यसको लोकप्रियता बढेको छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेने संस्कृतविद् सत्यमोहन जोशीले जानकारी दिनुभयो ।

उहाँले नेवार समुदायमा हरेक चाड पर्वमा केही न केही खाना विशेष हुन्छ जसले हामीलाई रोगसँग लड्न मदन गर्नुको साथै रोगप्रतिरोधात्मक क्षमता पनि बढाउछ ।
हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौं जोशीले भन्नुभयो, खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिन्छ । गेडागुडी अर्थात प्रोटिन हुने भएको कारण पनि यो मौसममा क्वाँटी खाने चलन गरिएको उहाँले बताउनुभयो ।

मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो जोशीले भन्नुभयो, क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेपाल भाषामा क्वाँ भनेको तातो हो भने टि भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ ।

क्वाँटीबाट पूर्ण प्रोटिन पाइने पोषणविद् डा.अरुणा उप्रेतिले बताउनुभयो । उहाँले फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिवद्र्धक पौष्टिक आहारका रुपमा लिने पनि जानकारी दिनुभयो ।

यता आयुर्वेद डा. हेमकुमारी अधिकारीले कोरोना संक्रमणको महामारी बढी रहेको सबैलाई रोग प्रतिरोधात्मक खाने कुरा चाहिन्छ त्यसको विकल्प हो क्वाँटी । उहाँ थप्नुहुन्छ, यसको मतलव क्वाँटी खाएर कोरोना लाग्ने भन्ने होइन यसमा रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि हुन्छ ।

डा.अधिकारीले मधुमेह, पायल्स, कब्जियत, रुघाखोकी, लिभरसिरोसिस, सुत्केरी महिला, वृद्ध वृद्धाका लागि समेत क्वाँटीले फाइदा हुने जानकारी दिनुभयो ।

प्रोटिनको मात्रालाई सन्तुलनमा राख्नुपर्ने मृगौला रोगी, युरेनिया तथा युरिक एसिडका बिरामीले भने क्वाँटी खाँदा विचार पु¥याउनुपर्ने पनि सुझाव दिनुभयो ।

पोषणविद् डा.उप्रेति भन्नुहुन्छ, हामी गेडागुडी भिजाएर त्यो अंकुराएपछि खान जाँगर चलाउँदैनौ । अंकुरित गेडागुडी एक पटक मात्र होइन, हरेक दिन आवश्यक हुन्छ शरीरलाई । त्यसैले जनै पूर्णिमा नै कुर्नु नपर्ने प्रष्ट पार्नुहुन्छ ।

उहाँको अनुसार क्वाँटी आफैमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो शक्तिवद्र्धक एवं पौष्टिक आहारा हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छ ।

क्वाँटीलाई ज्वानोमा झानेर वा पकाएर खाने गरिन्छ । यो स्वादिलो परिकार पनि हो । तर, यसबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन डा.उप्रेती भन्नुहुन्छ, । क्वाँटी नियन्त्रित मात्रामा खानुपर्छ । किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ, युरिक एसिड बढ्ने भय हुन्छ । यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँटी सेवन गर्दा त्यसले मिर्गौलालाई असर गर्छ ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर