नासाबाट  मंगलग्रहमा वैज्ञानिकहरुको रकेट प्रक्षेपणः मानव वस्ति पत्ता लगाउने अनुमान 

२०७७ श्रावण १८ आइतबार १६:४३:०० मा प्रकाशित

नासाले फ्लोरिडाबाट मंगलग्रहमा फेब्रुवरी महिनामा गत वर्ष ६ पाङ्ग्रे एन टनको रोभर एटलास रकेटले पठाएको थियो । जब मंगलमा यो अन्तरिक्षयानको अवतरण भयो यसले मंगल ग्रहमा रहेको ढुङ्गा र माटोको नमूना सङ्कलन गर्न थाल्यो । वताइन्छ, कोरोनाको संक्रमण हुँदाखेरी पनि नासाले यो काम जारी राखेको छ ।

त्यहाँका सरकारी कर्मचारी जिम व्रिडेन्सटाइन भन्छन्,“ म कत्तिको साँचो छु, म भन्न सक्दिन । तर हाम्रो काम साह्रै चुनौतीपूर्ण छ । गाह्रो पनि । तर हाम्रो टिमले हौसलापूर्ण काम गरेको छ । यो रोमाञ्चक हो ।”

सफलताको लागि ४० कि.मिको दुरी रहेको भनिएको छ । तर शुन्य खाल्डो रहेको क्रेटर भेटिएको वैज्ञानिकहरुले विश्लेषण गरेका छन् ।सेटलाइटले मंगल ग्रहका हजारौं वर्ष अघिका फोटो संकलन गर्न भ्याएका छन् ।  चट्टानहरुले दिएका संकेतमा त्यहाँ विभिन्न जैविक विविधता रहेको आभास गर्न सकिने तथ्य वैज्ञानिकहरुले उजागर गरेका छन् ।

नासाले पठाएका चार यानको काम नै मंगलमा मानव वस्ति छ छैन वा त्यसमा रहेका चट्टानमा जैविक अवशेष छ कि छैन भनि मूल्याङ्कन गर्नु रहेको बताइन्छ । तर वैज्ञानिक खोजमा दशककौं पछि र भविष्यको लागि नै अनुसन्धानमा जटिलता ल्याएको वैज्ञानिकहरुको ठहर छ ।

अघिल्लो खोज भन्दा यसपालिको अनुसन्धानमा आएको फरक
Mars' Gale Crater    यानले सन् २०१२ मा नासाले छोडेको यानले गरेको थियो । यसमा २३ वटा क्यामेरा जडान गरिएको थियो   भने विभिन्न माइक्रोफोन पनि यसमा जडित नै रहेको थियो ।
एक क्यामेराम्यान जिम बेल भन्छन्,“ हामीलाई त्यहाँको आवाज, वातावरण, भूगोल जान्नु थियो । त्यहाँको श्रव्यदृश्य खिच्नु हाम्रो रोजाई थियो ।”
मंगलमा कार्बोनको संख्या बढि रहेको पाइयो । त्यहाँ विरुवाहरु फस्टाउने सम्भावना कम रहेको बताइयो ।

मंगलग्रहमा अवतरित हेलिकप्टर
एक प्राविधिक अविष्कार हो । मंगलमा हवाई यानको उडान हुन्छ कि भनेर यसो गरिएको बताइन्छ । १.८ किलो उक्त उपकरण को परिक्षण एक अभ्यास भएको बताइन्छ । यस यानले मंगलको आकाशमा ३० दिन उडान भर्न भ्याएको बताइन्छ ।मंगलमा यसरी विमान जस्तो उपकरणको प्रक्षेपण मंगलग्रहमा मानव वस्ति वसेमा प्रतिफल मिल्छ कि भनेर गरिएको वैज्ञानिकहरुको भनाइ छ ।

जि जेरो क्र्याटर के हो ?
ग्रहमा देखिने ५०० मि. को गहिरो खाल्डोलाई जि जेरो भनिन्छ । पानीको सतह त्यहाँ पाइने गरेको बताइन्छ । माटो, कार्बोन, जैविक अणु त्यहाँ भेटिएको वैज्ञानिकहरु बताउँछन् ।
(स्रोतः विविसी साइन्स)

ताजा खबर