भेज खानेकुराले धेरै आयु बढ्ने

२०७७ श्रावण १८ आइतबार १५:३१:०० मा प्रकाशित

विरुवा जन्य पदार्थको सेवन स्वास्थ्यमा धेरै लाभदायक हुन्छ । हृदयरोग, मधुमेह र मुटुरोग भएका विरामीलाई यसको सेवन निरन्तर गर्न सुझाइन्छ । संयुक्त राज्य अमेरिकामा विउजन्य पदार्थको सेवनले जीवन स्वस्थकर बनाएको छँदै छ अधिंकाशको रोजाइ नै शाकाहारी भोजन रहेको बताइन्छ ।मानिसले शाकाहारी अन्न सेवन गर्नाले प्रकृतिले प्रदान गरेका पशुपंक्षीको विनाशलाई रोक्दै वातावरण सन्तुलन गराउने वताइन्छ ।

सागपात तथा विउजन्य पदार्थ जस्तै केराउ, वोडी, चना, भटमास, मकै, कोदो, फापर, दाल तथा अन्य गेडागुडीका दिनहुँ प्रयोगले मानिसको आयु लम्व्याउने तर्क गरिन्छ । यस किसिमका पदार्थमा फाइबरको धेरै नै प्रयोग हुने गर्छ । तर कोलस्र्टोलको मात्रा कम हुन्छ । मासुजन्य पदार्थमा भन्दा चिल्लो कम हुने हुँदा स्वास्थ्यको लागि लाभदायक हुन आउँछ ।

वुढेसकालको खाना
फिजिसियन कमिटि फर रेस्पोन्सिवल मेडिसिन, अमेरिकी खोजको तथ्याङ्क अनुसार ६० वर्ष नाघेका बुढा मानिसको संख्या २ अर्वमा पुग्न लागेको वताइन्छ । मानिसलाई वुढेशकालमा खानाको सन्तुलन नमिलेमा स्वास्थ्य असामान्य वन्दै जान्छ ।
सन्तुलित आहारले मानिसको आयु दश वर्ष थप्दै लाने वताइन्छ ।

धुम्रपान छोडी शारिरीक व्यायाम गर्दै जाने हो भने आलु, भटमास र हरियो सागपातले मानिसलाई थप शक्ति दिन्छ ।
एक अध्ययनको तर्क अनुसार फलफुल, तरकारी, अन्न, वीउजन्य पदार्थले अल्जाइमर जस्ता मानसिक रोगको सफल उपचार गराउँछ । माछा, अण्डा, प्रशोधन नगरेका चिल्लो पदार्थको सेवनले मानसिक रोगीको स्वास्थ्य समस्या हटाउने विश्लेषण वैज्ञानिकहरुले गरेका छन् ।
(स्रोतः मेडिकल न्युज टुडे) 
 

ताजा खबर