गिरिजा र मदन भण्डारीले किन अमेरिकालाई टिङ्कर हिमाल दिन मानेनन् ? 

२०७७ श्रावण १८ आइतबार १२:४६:०० मा प्रकाशित

दोस्रो पटक फेरि भेट भयो ।
जाडोको महिना घाम प्यारो । त्यसमा पनि बूढो शरीर । छतमा कुर्सीमा गिरिजाबाबु घाम तापिरहनु भएको बेला पुग्यौं म र उपेन्द्रजी साथमा वहाँकी मिसेस । गिरिजाबाबुको भाञ्जी । नमस्कार गरेर हामी छेवैको कुर्सीमा बस्यौं । 

कुराकानीको सिलसिला मिलाउन मैले टिँङ्कर हिमालकै प्रसँग निकालेँ । वहाँले भन्नुभयो– “हो अमेरिकी राजदूत जुलिया (जुलिया चाङ ब्लक) ले मसँग मागिन् । निवेदन गरिन् । मैले उनलाई भनें, मैलेमात्र दिएर हुन्न । विपक्षी दलको नेता मदन भण्डारीजीलाई भन्नुहोस् । राजाले पनि मान्नु पर्छ । उनले भनिन्– मदन भण्डारीजीलाई भेटेर कुरा राख्दा यो हामी असंलग्न परराष्ट्र नीति अपनाउँछौं । चीनसँग हाम्रो कुटनैतिक सम्बन्ध बिगारेर हामी भू–उपग्रह होस् वा अरू केही सीमामा राख्न दिन सकिँदैन । यो हुनसक्दैन भन्नु भएको कुरा वहाँले बताउनुभयो’ भनिन् । मेरो कुरा पनि त्यही नै हो । त्यसपछि अमेरिकीहरू मसँग पनि चिढिए मेरो सरकार ढाले, यहाँ यस्तै छ । बडो गा¥हो छ, कसको के स्वार्थ हुन्छ कसको के ? त्यही भएर चाहेको काम गर्न दिँदैनन् । साथीहरू पैसामा बिक्छन् के गर्न सकिन्छ र ! भन्नुभयो गिरिजाबाबुले । 

मैले त्यस्तालाई कारबाही गर्न मिल्दैन भनेर सोध्दा ‘प्रमाण पुग्दैन नि खुफियाले कहाँ के गर्छ हामीले पत्तै पाउँदैनौ खै हाम्रो खुफिया पनि बिक्छ कि के हो ।’ भनेर उहाँले भन्नु भयो ।

यहाँनेर सोचनीय कुरा के छ भने अमेरिकी स्वार्थ पूरा हुनमा मदन भण्डारी बाधक भए,उनी मारिए ! राजा रहुन्जेल केही गर्न सकिन्न भनेर थाहा भए पछि राजपरिवार नै सखाप भयो । यसपछि राजा ज्ञानेन्द्र सत्तामा आए पछि उनीहरूले टिँकर छाडेर बिकल्पमा महाराजगञ्जमा राजदूतावास बनाए । त्यो दूतावास बनाउँदा निकै हल्लिखल्लि चलेको हो । त्यो भूमिगत कति छ ? त्यँहा के कस्ता सूचनाका यन्त्रहरू जडान छन् ? त्यो हामी कोही कसैलाई थाहा पनि छैन । त्यो निर्माण गरेका बखत अमेरिकी ठूलाठूला जहाजहरूबाट सामान ल्याइयो ,मजदुर, सिकर्मी, डकर्मी सबै उनीहरूकै मान्छे अमेरिकीहरू नै आएर बनाए तसर्थ त्यो राजदूतावास अति नै गोप्य छ भनी त्यो बेला मानिसहरू कुरा गर्थें । रसियालाई बिभाजन गर्न जसरी अफगानिस्तान अमेरिकीहरूले खेल मैदानको रुपमा प्रयोग गरे बर्तमानमा चीन र भारत दुबैमा खेल्न अमेरिकीहरूले अनेकन प्रयास गरिरहेकाले नै अहिलेको एमसिसि पनि त्यही क्रममा आएको हो भन्न सकिन्छ ।

मलाई सोध्नु थियोे सोधेँ । गिरिजा बाबुले पनि बताउनुभयो । मलाई पनि उनीहरूको नीति मन पर्दैन भन्नु भएको थियोे । यसपछि अगाडिको दुःखका कुराहरू, बिहार बसेको, बनारस पसेको भारतका जेलहरू बसेको धेरै विगतका कथाहरू सुनाउनुभयो । मैले हजुरको यतिका अनुभूतिहरू छन् । यी सबै समेटिएको एउटा पुस्तक आउनु पर्यो । वहाँले म लेख्छु लेखाँउछु अब भन्नुभयो । सायद त्यसपछि नै वहाँले आफ्ना अनुभूतिहरू लिपिबद्ध गराउनु भयो । अहिले किताब आएको छ क्यारे मैले किनेर पढेको छैन । हेरौं पढ्नु पर्ने हो ठानेको छु ।

पछिल्लो भेटहरूमा मैले तपाईंलाई के मद्दत गर्नु पर्छ भनेर वहाँले मसँग सोधेको हो । मैले नै केही मागिन । मैले एकरूपयाँ पनि वहाँसँग लिईन । वहाँले म कतै नियुक्ति गरिदिउँ, मेरो सल्लाहकार समूहमा आउनुहुन्छ भनेर सोधेको हो तर मैले होइन नगरौं हजुर यो यताबाट उता उताबाट एता आउने काम । म त खाँट्टी चन्दजीको मान्छे हजुर । भनेपछि केही फरक पर्ने त होइन ठीकै छ भन्नुभयो । मैले समय आएपछि म भन्ने छु भनें तर त्यस्तो क्षण नै वहाँको जीवनमा आउन   पाएन । वहाँसँग नजिकिँदा वहाँ बाहिरबाट हेर्दा जटिल जो देखेको थिएँ, तर सरल र फ्रेङ्क पाँए मैले । म एकदम सामान्य मानिस वहाँले बढो सम्मान दिनु भएको म संझिरहन्छु । एकदिन ईन्जिनियर उपेन्द्र अधिकारीले भन्नुभयो– “हजुरलाई जति सम्मान दिएको मैले कित बिदेशी राजदूत त्यो पनि भारतको होइन कित बिपक्षी दलको नेतालाई मात्र देखेको छु” भन्दा मैले यादै नगरी राखेको कुरा वहाँले भन्नुभयो । त्यस्तो के हो मैले उपेन्द्रजीलाई सोधेँ । वहाँले बताउनुभयो– हजुरसँग वहाँ भेट्तै पिच्छे हात मिलाउनुहुन्छ अरू कसैसँग पार्टीका मान्छेसँग मिलाउनुहुन्न ।

 मैले पनि त्यो मार्क गरेँ । एकदिन मङ्सिरको महिना वहाँ गणतान्त्रिक देशको प्रधानमन्त्री हुनुहुन्थ्यो त्यो बेला राष्ट्र प्रमुख नै वहाँ । बिहानै बालुवाटार मलाई काम विशेषले बोलाउनु भएको थियो । म जाँदा एक्लै नजाने जहिले पनि उपेन्द्रजी मेरो साथमा हुने । हामी बालुवाटारको प्रधानमन्त्री क्वाटरमा पुगेपछि हामीलाई मास्तिरबाट माथिल्लो बैठकमा लिएर एकजना मानिसले गए । सिँढि चडिसके पछि एउटा बैठकमा रामशरण महत, विमलेन्द्र निधि सहित टन्नै मानिस बसेका   थिए । गिरिजाबाबु त मलाई रिसिभ गर्न अलिकवरै आउनुभयो अनि पहिला त्यो ठण्डामा वहाँका न्याना बूढाहात मिलाउनु भयो र मलाई अँगालो मारेर भित्र वहाँ सुत्ने दक्षिण तर्फको आफ्नो बेडरुममा पु¥याउनु भयो । हतपत बेडरूममा कसैले पनि लाँदैन फाल्टु मान्छेलाई । साथमा उपेन्द्रजी हुनुहुन्थ्यो । वहाँले यो मेरो बेडरूम भन्नु भयो । म चन्दजीको त्यति निकटहुँदा पनि त्यो रुम मैले देखेको थिईन । बेडमा सेतो सुकिलो तन्ना ओछ्याएको रहेछ ।

मैले वहाँलाई भने– “यो बेड कसले मिलाउँ छ हजुर ? केटाकेटी प्रश्न थियोे मेरो । वहाँले “हँ किन र ?” भन्नुभयो । मैले भने होइन हजुर देशको राष्ट्र प्रमुखको ओछ्यानमा आज सेतो तन्ना ओछ्याईयो भनेर बिहानै राजदुतावासतिर समाचार पुगिसक्यो होला नि हजुर भने । वहाँ एकैछिन घोरिएर ‘यो त बहुत गहिरो कुरा गर्नुभयो तपाईंले खुफियाको काम गरे होलान् । होलान् यहाँ पनि त्यस्ता सहि कुरा । चिनिदैन’ भन्नुभयो । र तपाईं त धेरै बिचार पु¥याउने मान्छे हो । सहि कुरा । फेरि दोहर्याउनु भयो । एकैछिनको काम वहाँसँग सकेपछि फेरि वहाँ तलसम्म ओर्लेर पुन हात मिलाएर छुट्टिनु भयो । अनि मलाई लाग्यो बास्तवमै ठूलो सम्मान मलाई दिएकै हो भनेर । यस्तो कारणले पनि वहाँसँग मैले केही मागिन किनकि मेरालागि वहाँको सम्मान नै काफि थियो । पछिल्लो समयमा वहाँको कामको व्यस्तता फेरि स्वास्थ्यको कारणले पनि भेट हुन सकेन । वहाँलाई बराबर संझिरहन्छु म । यिनै दुई शव्द वहाँलाई श्रद्धा शुमन ! (समाप्त)

(निरौला सिध्दहस्त कवि हुन् । उनी ज्योतिष विज्ञानमा समेत दख्खल राख्छन् । उनले खुट्याएका कुरा ठ्याक्कै मेलखाने गरेको अनुभवीहरु सुनाउँछन् । यही कारण पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग घनिष्ठ सम्बन्ध बनेको हो उनको । यो लेख अर्का पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको भेटघाटको संस्मरण हो । तस्बिरमा कालो मफलर लाएका लेखक हुन् । यो उनको निजी संस्मरणात्मक बिचार हो ।) 

ताजा खबर