काठमाडौं उपत्यका कोरोना हटस्पट बन्ने खतरा

२०७७ श्रावण १७ शनिबार १०:११:०० मा प्रकाशित

संक्रमित ५ सय नाघे

काठमाडौं । लकडाउन अन्त्यसगै काठमाडौं उपत्यका कोरोना जोखिमको दृष्टिकोणले ‘हटस्पट’ बन्ने खतरा बढेको छ ।
बिहीबार काठमाडौंमा थप ४५ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये काठमाडौं प्रवेश नाकामा संकलित स्वाब परीक्षणबाट २४ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ८ हजार ४ सय १ ाको नमुना परीक्षण गरिएको थियो । जसमध्ये २४ जनामा संक्रमण पुष्टि भएको छ । लकडाउन अन्त्यस“गै उपत्यका छिर्नेको संख्या दिन बढ्दै गएको छ । सरकारले गत ६ साउनदेखि लकडाउन अन्त्य गरेको हो ।

लकडाउन खुकुलो हुनुअघि पछिल्लो ९ दिनमा १ हजार १ सय ९३ जनामा संक्रमण देखिएको थियो । लकडाउन खुकुलो भएपछि ७ देखि १५ साउनसम्म १ हजार ५ सय ५३ जनालाई संक्रमण देखिएको छ ।

यसैबीच, काठमाडौं उपत्यकामा संक्रमित संख्या ५ सय ३८ पुगेको छ । तीमध्ये काठमाडौंमा ३ सय ९२, ललितपरमा ९१ र भक्तपुरमा ५५ जना रहेका छन् । बिहीबारमात्रै काठमाडौंमा ४१, ललितपुर र भक्तपुरमा दुई जनालाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म काठमाडौं उपत्यकामा १९ हजार ७ सय ९१ जनाको स्वाब संकलन गरिएको छ ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा २ सय ४८ जना आइसोलेसनमा छन् । अधिकांशको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कन्ट्रयाक्ट ट्रेसिङबाटै संक्रमित पहिचान गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । लकडाउन अन्त्य हुँदा हेलचेक्र्याई गरिएकोले पनि थप जोखिम बढेको विज्ञ बताउँछन् ।

देशभर २ सय ७४ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमित संख्या १९ हजार ५ सय ४७ पुगेको छ । बिहीबार थप २ सय २७ कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार २ सय ४८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ सय २७ जना डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म ५२ संक्रमितको मृत्यु भएको छ । हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर १३ हजार २ सय १ जना क्वारेन्टाइनमा बसेका छन् । संक्रमितमध्ये ५ हजार २ सय ४७ जना आइसोलेसनमा बसेका छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर