नेपालको फिल्मलाई इटलीमा ५ सय युरोको पुरस्कार

२०७७ श्रावण १७ शनिबार १०:०४:०० मा प्रकाशित

नेपालको फिल्म अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा विजयी भएको छ। अंकित पौडेलद्वारा निर्देशित फिल्म सङ अफ द क्लाउड इटलीको फिल्म फेस्टिभलमा पुरस्कृत भएको हो।

मृत्युपछिको जीवनलाई कल्पना गरी बनाइको फिल्म एसोलो आर्ट फिल्म फेस्टिवलमा आर्ट फिल्म सेक्सनतर्फ पुरस्कृत भएको हो। विजेता भएसँगै फिल्मले ५ सय युरो पुरस्कार जितेको छ।

अंकित निर्देशित फिल्म यही सालको जनवरीमा सन डान्स फिल्म फेस्टिवलमा प्रिमियर गरिएको थियो।

त्यसयता यो फिल्म अट्लान्टा फिल्म फेस्टिवल, पाम स्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, द नर्वेजियन सर्ट फिल्म फेस्टिवल, डोकु फेस्टलगायतका फिल्म फेस्टिवलमा प्रदर्शन भइसकेको छ। फिल्मले वल्र्ड फेस्ट हस्टन इन्टरनेसनल फिल्म फेस्टिवलमा ब्रन्ज रेमी अवार्ड पनि जितिसकेको छ।

नेपालको अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका अंकितले अमेरिकाको विस्कन्सिन मिल्वाउकी युनिभर्सिटीबाट फिल्म मेकिङमा मास्टर्स गरेका छन्। अंकितले फिल्म थप केही फेस्टिवलमा पनि छनोट भएको तर त्यसको घोषणा हुन बाँकी रहेको जानकारी गराए।

छायाँकारका रूपमा २० भन्दा बढी फिल्ममा काम गरेका अंकितको सङ अफ द क्लाउड निर्देशिक हिसाबले डेब्यु फिल्म हो।
(नेपाल समाचारपत्र दैनिकबाट) 

ताजा खबर