कोरोना अपडेट : ६ लाख ८२ हजार ९७२ जनाको मृत्यु, १ करोड ११ लाख ५९ हजार ९१० कोरोना मुक्त

२०७७ श्रावण १७ शनिबार ०९:५३:०० मा प्रकाशित

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ६ लाख ८२ हजार ९७२ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड ७७ लाख ५६ हजार १६३ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १ करोड ११ लाख ५९ हजार ९१० जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख ५६ हजार ७४७ जनाको मृत्यु भएको छ भने ४७ लाख ५ हजार ८८९ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ९२ हजार ५६८ जनाको मृत्यु भइसकेको छ भने २६ लाख ६६ हजार २९८ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, भारत ३६ हजार ५५१, इटलीमा ३५ हजार १४१, स्पेनमा २८ हजार ४४५, फ्रान्समा ३० हजार २६५, इरानमा १६ हजार ७६६, बेल्जीयममा ९ हजार ८४०, जर्मनीमा ९ हजार २२४, नेदरल्याण्डमा ६ हजार १४७, टर्कीमा ५ हजार ६९१, स्वीजरल्याण्डमा १ हजार ९८१ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १९हजार ७७१ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ५६ जनाको मृत्यु भइसकेको छ । यस्तै, १४ हजार ३९९ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर