गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

२०७७ श्रावण १७ शनिबार ०९:३९:०० मा प्रकाशित

गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ। रुरुक्षेत्र गाउँपालिका ५ अन्र्तगत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो।  

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बिना बोटेमाझी, उनका छोराहरु वर्ष १० का हेमन्त बोटेमाझी, वर्ष ७ का सागर बोटेमाझी र दश महिनाकी छोरी बिनिता बोटेमाझी रहेको रुरुक्षेत्र गाउँपालिका ५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिएका छन्।  

शुक्रवार बेलुकी पाँच बजेदेखि अविरल वर्षा भईरहेको र राति अचानक घर माथिवाट ठूलो चट्टान सहितको पहिरो खसेका कारण घर पुरिएको हो। पहिरोमा परेर ज्यान गुमाएका चारै जनाको शव स्थानीयहरुको सहयोगमा निकाली सकिएको छ। घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रिडी र प्रहरी चौकी जोहाङ्ग खैरेनीवाट प्रहरी टोली घटनास्थल तर्फ गईरहेको छ। राजु बोटेमाझी भने वैदेशिक रोजगारीमा रहेको बताईएको छ।
(नागरिक न्युजबाट)

ताजा खबर