आजपनि देशभर बर्षा हुने, तराईका बासिन्दालाई सर्तक हुन निर्देशन

२०७७ श्रावण १६ शुक्रबार ०८:४६:०० मा प्रकाशित

काठमाडौ । देशका अधिकांश स्थानमा आज मौसममा सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। नेपालको पूर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अडिएर बसेको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर