कुवेत जान नेपालीलाई प्रतिवन्ध

२०७७ श्रावण १६ शुक्रबार ०८:३१:०० मा प्रकाशित

कुवेतसिटी । कुवेत सरकारले भोलिदेखि अन्तराष्टिय उडान शुरू गर्ने घोषणा गरेपनि नेपाल लगायतका देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतले भारत, पाकिस्तान, श्रीलका, बगलादेश, इरान तथा फिलिपिन्सका बिमान तथा त्यहाका नागरिकलाई भने प्रवेश नदिने घोषणा गरेको छ
उसले अन्य देशका बिमान कम्पनी तथा नागरिकलाई भने प्रवेश दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

कुवेत सरकारले नेपाली नागरिकलाई प्रवेशमा प्रतिवन्ध लगाएकोमा नेपाल सरकारले अहिले सम्म औपचारिक प्रतिकृया सार्वजनिक गरेको छैन तर भारतले भने कुवेतको उक्त निर्णयलाई लिएर असन्तुष्टि जनाएको छ ।
भारतीय बिदेश मन्त्रालयले कुवेतको बिदेश मन्त्रालयसग समन्वय गर्ने घोषणा गर्दै उक्त निर्णय फिर्ता लिन कुवेत सरकारलाई आग्रह गरेको छ ।

कुवेतमा काम गर्ने नेपाली तथा अन्य देशका नागरिक अहिले बिचल्लीमा परेका छन । छुट्टिमा आएका नेपाली तथा अन्य देशका नागरिकलाई समेत फर्कन नदिने उसको घोषणाले ती देशका नागरिक बिचल्लीमा परेका छन ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर