२४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित

२०७७ श्रावण १६ शुक्रबार ०८:०५:०० मा प्रकाशित

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५  जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्

काठमाडौंका ४१ , भक्तपुरका २  र ललितपुरका २ जना गरी ४५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै  बिहीबार थप २७४ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको हो । बुधबार मात्रै २१० जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२७ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १४ हजार २ सय ४८  पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०२ जनाको पीसीआर नमुना परीक्षण भएका छन्।  मन्त्रालयका अनुसार  क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार २०१ पुगेको छ। यस्तै आइसोलेसनमा ५ हजार २ सय २७ जनाको उपचार भइराखेको छ ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर