वीरगन्ज महानगरका मेयर सरावगीलाई कोरोना संक्रमण

२०७७ श्रावण १६ शुक्रबार ०७:४५:०० मा प्रकाशित

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण भएको छ। सरावगीले आफुलाई करोना संक्रमण भएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको फेसवुकमा लेखेका छन्।  

'तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्ने छु', उनले फेसवुकमा पोष्ट गरेका छन्।  

विगत पाँच महिनादेखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन हर संभव प्रयासहरु गरेको उनले बताएका छन्। संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासीलाई अपिल समेत गरेका छन्।  

सरावगी अहिले काठमाडौंमा छन्। उनको काठमाडौंमा नै स्वाव परीक्षण भएको थियो।
(नागरिक न्युजबाट)

ताजा खबर