अमेरिकी राजनीतिक इतिहासमा हिलारी क्लिनटन माथि बढ्दै गएको बेरुची

२०७७ श्रावण १५ बिहीबार १८:११:०० मा प्रकाशित

हन्टिङ्ग अफ हिलारी क्लिनटन
हिलारी लाई असफल बनाउने ४० वर्षको योजना
माइकल डी एन्टोनियोबाट प्रकाशित पुस्तक

चार वर्षको राष्ट्रपतिको उम्मेदवार जित्न सफल भएका डोनाल्ड ट्रम्प चुनावी रणनितिमा आएपछि रिपब्लीकन र डेमोक्यार्टस पार्टीको जुहारी परेको छ । उनीहरु बीच मत भिन्नता त छँदै छ तर पनि हरेक चुनावी भेलामा कोभिड–१९ को संकट, बढ्दो लकडाउन, लकडाउन पछिको समय, वेरोजगारी, पछिल्लो फेबु्रवरी महिनामा उठेको जातीय विभाद आदी विषयमा दुइ पार्टीको भेलामा धेरै नै मतभिन्नता देखिने गरेको पाइन्छ ।

उनले आयोजना गरीरहेको चुनावी प्रकृया अत्यन्त अन्योल जनक रहेको र संघर्षपूर्ण रहेको बताइएको छ । ओरालो लाग्दै गरेको पार्टीलाई उनले एक हदसम्म चुनावी माहोलमा दुइ भिन्ना भिन्नै पार्टी रहे पनि आफ्नो आवाज बढाउँदै उकालो लाउँदै आएकी छिन् ।

एउटा समूह क्लिन्टन सँग आफै आरोपित छ वर्षौ देखि जुन राजनैतिक धरातलमा उभिएर उनी राजनीति गरिरहेकी छिन् उनको डेमोक्रेटिक पार्टी नै उनलाई खण्डित गर्छ । 

अर्को समूह उनलाई महिला विरोधीको संज्ञा दिन्छ । उसले हिलारीलाई व्यवस्था विरोधी मान्छ । क्लिनटनमाथी आरोप छ उनी नारीद्वेषी, कालो धनकी पुजारी, सञ्चारमाध्यम हेराफेरी, शंकास्पद ज्ञानको ज्ञाता हुन । सर्वसाधरण जीवनमा त्यही समूह उनलाई असाधारण दृष्टिले पनि हेर्ने गर्छ ।
धेरै मानिसहरु हिलारी क्लिन्टनको बारेमा दुइथरी कुराको प्रचार गर्दै आएका छन् ।  “हन्टिङ्ग अफ हिलारी”  वा “हिलारी लाई असफल बनाउने ४० वर्षको योजना” नामक  माइकल डी एन्टोनियोबाट प्रकाशित पुस्तकमा यिनै कुराको विवेचना गरिएको बताइन्छ ।

डि एन्टीयानो अमेरिकी दैनिक अखवार न्युज डे का चर्चित पत्रकार हुन् । उनको समूहले सन् १९८० मा स्थानीय रिपोर्टिङ्ग गरे वापत चर्चित पुलित्जर पुरस्कारबाट सम्मान प्राप्त गरेको थियो ।

विगत २० वर्षमा उनले डोनाल्ड ट्रम्प र माइक पेन्सको चर्चा बारे केही विषय उठान गरेका थिए । उनी तरल लेखक हुन् । उनको भाव निरन्तर बग्थ्यो । उनी छिटो साराशं लेख्न सक्ने पनि थिए । उनी एक लगनशील खोजकर्ता पनि हुन् ।

यो पुस्तक गहन इतिहाँस हो । किन प्रजातान्त्रिक शक्ति हरु पछि पर्छन । उनीहरुको उठानको लागि किन आधुनिक युगमा दशकौं समय लाग्छ ? अमेरिकी अरबपति रिचार्ड मेलान स्काइफले कम्प्युटर वैज्ञानिक रार्वट मर्सर लाई कसरी आर्थिक सहयोग गर्छन । न्युट ग्रिनरिच र रोजन स्टोनको बीचको सम्बन्ध । रेडियोकर्मी रुस लिम्वाउले फक्स न्युजमा दिएको योगदान, इन्टरनेटको होहल्लाले आकार्नाश प्रान्तमा ल्याएको प्रकाशन सम्बन्धि आर्थिक मन्दीको बारेमा चर्चा गरिएको छ ।

क्लिनटनको प्रतिरक्षाको लागि यो कितावको श्रृजना गरिएको छ ।

पुस्तक ३५२ पानाको रहेको छ भने मुल्य रु २९.९९ अमेरिकी डलर तोकिएको छ ।

"THE HUNTING OF HILLARY"
The Forty Year Campaign to Destroy Hillary Clinton
By Michael D' Antinio"THE HUNTING OF HILLARY"
By Michael D' Antinio

(न्यु योर्क टाइम्स, बुक रिभ्यु)
 

ताजा खबर