अमेरिकामा एकै दिन एक हजार ५९२ मानिसको मृत्यु

२०७७ श्रावण १५ बिहीबार ०९:४९:०० मा प्रकाशित

अमेरिकामा कोरोनाको संक्रमणको कारण मंगलबार मात्रै एक हजार ५९२ मानिसको मृत्यु भएको जानाइएको छ ।

गत २४ घण्टामा यसरी संक्रमणको कारण मृत्यु भएको दुई महिना यताकै उच्च दर रहेको बताइएको छ ।

स्थानीय समय अनुसार ८ः१० सम्म एकै दिनमा अमेरिका मा ६० हजार मानिसमा कोरोनको संक्रमण देखिएको बाल्टिमोर आबद् विश्वविद्यालयले जनाएको छ ।

अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जना संक्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाले ज्यान गुमाएका छन् । 
रासस
 

ताजा खबर