विश्वका शक्तिशाली महिलामा एक प्रियंका चोपडा

२०७४ कार्तिक १८ शनिबार ११:३९:०० मा प्रकाशित

काठमाडौं । भारतको सिने महानगर बलिउडकी ‘देशी गर्ल’का रूपमा चिनिएकी नायिका प्रियंका चोपडा विश्वकै सय शक्तिशाली महिलाको सूचीमा परेकी खबरले बलिउडका हस्ती चकित परेका छन् । बलिउडमा चम्किएकी प्रियंकाले हलिउडको यात्रामा कदम बढाउँदाकै समयमा उनलाई विश्व प्रशिध्द पत्रिका  ‘फोब्र्स’ ले  सय शक्तिशाली महिलाको सूचीमा ९७ औं स्थान दिएपछि मै हुँ भन्ने कलाकारले समेत निधार खुम्च्याएका छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार समग्र सूचीमा प्रियंका ९७ औं स्थानमा परे पनि मनोरञ्जन र मिडियाको शक्तिशालीको सूचीमा उनी १५ औं स्थानमा छिन् । प्रियंका हाल अमेरिकामा आफ्नो टेलिभिजन शो ‘क्वान्टिको’को तेस्रो सिजनको सुटिङमा छिन् । यसबाहेक उनी दुई हलिउड फिल्म ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’मा पनि देखिँदैछिन् ।

यसै वर्ष रिलिज भएको हलिउड फिल्म ‘बेवाच’ मा अभिनेता ड्वेन जोनसन द रोकका साथ देखिएकी प्रियंकाले फिल्ममा भिलेनको भुमिकामा अभिनय गरेकी थिइन् ।

उनी सबैभन्दा बढी कमाई गर्ने टेलिभिजन नायिकाको सूचीमा पनि आठौं स्थानमा आएकी छन् । गत वर्ष उनी यो सूचीमा दशौं स्थानमा थिइन् । उनी गत वर्ष बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने नायिकाको ७ औं स्थानमा थिइन् । यो सूचीमा सामेल उनी बलिउडकी पहिलो नायिका हुन् ।

फोर्बस्को शक्तिशाली महिलाको सूचीमा नम्बर एकमा जर्मन चान्सलर एञ्जेला मार्केल छिन् । यो सूचीमा पप गायिका वियोन्से नोवेल्स ५० औं स्थानमा छन् । त्यस्तै हलिउड नायिका टेलर स्विफ्ट ८५ औं र ‘ह्यारी पोटर सीरीज’की लेखिका जेके रोलिङ १३ औं स्थानमा छिन् । एजेन्सीको सहयोगमा

ताजा खबर