बालबालिका रुँदै गर्दा रिसाएका हुनसक्छन्

२०७७ श्रावण १४ बुधबार १२:११:०० मा प्रकाशित

कोभिड–१९ को लकडाउनमा धेरै बालबालिकाले हैरानी खेप्नुप¥यो । धेरै रोए, आँसु चुहाए । कोही चिल्लाए । कोहीले छट्पटाउँदै भाँडाकुँडा पनि फ्याके । यस्तो समस्या सादय उनीहरुले कहिले भोगेका थिएनन् होला ।

स्पार्क एक अमेरिकन कथाकार आफनो नाबालक छोरी सम्झदै भन्छिन्,“ उनीले केही पोशाक लाएकी थिइनन् । तर विछ्यानामा चिच्चाइरहेकी थिइन् । मैले उनलाई अँगालो मारे । उनले सुस्तरी भनिन् मैले मैले विद्यालय छुटाएँ र साथीहरु पनि !”

स्पार्क र उनकी छोरी एक अपार्टमेन्टमा बसोबास गर्छन । उनीहरु प्राय पार्कमा हिँड्ने गर्छन । म्युजियम, रेष्टुरेण्ट, लाइब्रेरी र पुस्तकगोदाममा उनीहरु प्राय जाने नै गर्छन । उनी तर्क गर्छिन मेरो छोरीले आजसम्म मलाई पीटेकी थिइन् । स्पार्कले ट्वीट गरिन अनि आफू जस्तै धेरै अभिभावक मर्माहत भएको पत्ता लगाइन ।

बालबालिका चिल्लाउँछन्, कपाल चुँडछन्, जोड जोडले गाली गर्छन, छट्पटाउँछन्, वादविवाद गर्छन र आफुजस्तै साथीहरुसँग खेल्छन् ।मनोवैज्ञानिक र मनोचिकित्सकलाई केही गर्नको लागि रोकी उनीहरुलाई उत्पादनशील बनाउन प्रयासरत हुन्छन् । उनीहरुको भावना र मनको चान्चल्यतालाई पखाल्न चिकित्सकहरुको धेरै नै सहयोग रहेको बताइन्छ ।


वास्तवमा खराब बानीबेहोरा के हो ?
दैनिक तालिका, खानपान,व्यायाम र सुत्ने समयले मानिसको मष्तिस्कमा प्रभाव पार्छ । मानिसको आवेग र भावना शारिरीक सफलताले निर्धारण गर्छ ।
बालबालिका लाई पुरानो कुरा सम्झन गाह्रो हुनेगर्छ । उनीहरुलाई आफू भन्दा ठूलाले सधैं चाप दिन्छन् । खराब उछ्रिङ्खल बानीले उनीहरुलाई सधैं सताउने गर्दछ ।

तर अभिभावकको नियन्त्रण उनीहरुको लागि प्रमुख हुने भनिएको हो । तर घरमा बुवा र आमा नभएको विषयमा के ले बालबालिकाको ध्यान खिच्ला ।बालबालिका विद्यालय जाँदा घरमा हुने नैराश्यता निर्मूल गर्ने गर्छन ।

तर जब उनीहरुको पेट भोकले च्याप्छ उनीहरु एक्लो र गलेको महशुस गर्ने गर्छन ।

बेग्लै बस्ने बानी, धेरै सुत्ने, वेढंगको गलत व्यवहार, अविशाद, तनाव र ध्यानले बालबालिकालाई असर पर्ने मनोचिकित्सक र थेरापिस्टहरु बताउँछन् ।
(स्रोतः सिएनएन हेल्थ)
 

ताजा खबर