युट्युबर अर्जुन शिवाकोटी : जसले पत्रकारको धाक देखाएर बलात्कार गरे

२०७७ श्रावण १४ बुधबार ०८:०३:०० मा प्रकाशित

काठमाडौं । यौनशोषणको आरोपमा युट्युबर अर्जुन शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदालत काठमाडौँका आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

महानगरीय अपराध महाशाखाले असार १५ मा शिवाकोटीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । शिवाकोटीलाई काठमाडौँका दुई किशोरीलाई बलात्कार गरेका आरोप थियो । शिवाकोटी ‘मेकिङ नेपाल’ युट्यब च्यानलका सञ्चालक हुन् । शिवाकोटीले १४ वर्षीया र १२ वर्षीया किशोरीलाई पटक–पटक यौन शोषण गर्ने गरेको उजूरीमा उल्लेख छ ।

१४ वर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएको र पछि, १२ बर्षीया बालिकालाई समेत बलात्कार गरेको उजुरीमा उल्लेख छ । अर्जुन बलात्कृत किशोरीका आमा, बुबासँगै चार बर्षदेखि एउटै घरमा बस्दै आएका थिए ।

छोरीहरु माथी यौन दुव्र्यवहार भएको पीडित परिवारले थाहा पाएपछि अर्जुन ‘म पत्रकार हुँ मलाई प्रहरीले पनि केही गर्दैन’ भन्दै धम्कि दिन थाले । कहिले बालिकालाई त कहिले उनका बाबु आमालाई अर्जुनले धम्कि दिने गरेको उजुरीमा उल्लेख छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर