अमेरिकी राष्ट्रपतिका छोराले भ्रम फैलाएको भन्दै ट्विटर एकाउन्ट बन्द

२०७७ श्रावण १४ बुधबार ०७:४९:०० मा प्रकाशित

न्युर्योक । अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्पका ठुलो छोराले कोरोना भाइरसका बारेमा गलत जानकारी ट्विटरमा पोष्ट गरेपछि उनको एकाउन्ट अल्पकालकोलागि बन्द गरिएको छ ।

जनतामा भ्रम फैलाएको भन्दै ट्विटरले १२ घन्टा सम्मकालागि उनको एकाउन्ट बन्द गरेको घोषणा गरेको छ ।

यो प्रतिवन्ध उनले एउटा जनतामा गलत सन्देश जाने भिडियो पोष्ट गरेपछि बन्द गरिएको जानकारी ट्विटरले दिएको छ ।

उनले मलेरियाको औषधी कोरोना भाइरसकालागि अचुक भएको बताएको भिडियो ट्विटरमा पोष्ट गरेका थिए । अहिले सम्म मलेरियाको औषधीले कोरोना भाइरसलाई निको पारेको पुष्टि भएको छैन ।

ट्रम्प जूनियरले हाइड्राक्सिक्लोरोक्वीन नामक औषधी सेवन गर्दा कोरोना नलाने भन्दै भिडियो पोष्ट गरेका थिए ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर