पूर्वरथी खड्काको निधन

२०७७ श्रावण १४ बुधबार ०७:१५:०० मा प्रकाशित

नेपाली सेनाका अवकाशप्राप्त रथी कुलबहादुर खड्काको मंगलबार निधन भएको छ । प्यांक्रियाजको क्यान्सरबाट पिडित खड्काको उपचारका क्रममा मंगलबार अपराह्न  थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । खड्कालाई केही दिन अघी मात्र मेडिसिटी अस्पतालबाट गम्भिर अवस्थामा नर्भिकमा ल्याइएको थियो ।  

खड्का चर्चित कटवाल काण्डमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएका व्यक्ति हुन् । २०६६ बैशाख २० तत्कालीन प्रधानमन्त्री दाहालले सरकारको निर्णय नमानेको भन्दै प्रधानसेनापति रुक्मागत कटवाललाई हटाएर खड्कालाई कायममुकायमको जिम्मेवारी दिएका थिए । 

तर तत्कालीन राष्ट्रपति रामबरण यादवले सरकारले गरेको कारबाहीलाई उल्ट्याइदिएपछि खड्कालाई प्रधानसेनापति बनाउने दाहालको योजना सफल हुन सकेको थिएन । दाहालले सोही घटनाका कारण जिम्मेवारी सम्हालेको नौ महिनामा पदबाट राजिनामा दिनुपरेको थियो ।
(नागरिक न्युजबाट)

ताजा खबर