अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन एयरलाइन्सका कति उडान ?

२०७७ श्रावण १४ बुधबार ०७:०३:०० मा प्रकाशित

काठमाडौँ — विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चौंथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगस्ट ८ तारिखसम्मको उडान तालिका बनाएका हुन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले अगस्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ । यूएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ । हिमालयले पनि जुलाई ३० देखि अगस्ट ७ तारिखसम्म कुल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।

कुन एयरलाइन्सका कति उडान ?

नेपाल एयरलाइन्स

जुलाई ३१ मा - जापान र कुवेत

अगस्ट १ मा - क्वालालम्पुर र कतार

अगस्ट २ मा - जेदाह र दुबई

अगस्ट ३ मा - अस्ट्रेलिया र कतार

अगस्ट ४ मा- दुबई र कतार

अगस्ट ५ मा- रियाद र दमाम

अगस्ट ६ मा- रियाद र दुबई

अगस्ट ७ मा- रियाद र दमाम

अगस्ट ८ मा- जेदाह र दुबई
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर