वीर अस्पताललाई छरितो सेवाप्रदायक बन्न मन्त्री ढकालको निर्देशन

२०७७ श्रावण १३ मंगलबार ०९:१३:०० मा प्रकाशित

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालको जेठो अस्पताल वीर अस्पतालको १४१ औं वार्षिक उत्सवको समुद्घाटन गर्दै अब चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आफैं सुदृढ बन्नु पर्ने र  विरामीको सफल उपचारको लागि पर्नुपर्ने वताएका छन् ।

कोभड–१९ को महामारीको समयमा अस्पताल र स्वास्थ्यकर्मीले सिमित साधनका बीच निभाएको सेवाको मूल्याङ्कन गर्दै अस्पतालले हरेक नेपाली जनमानसमा आत्मवल थपेको बताए ।

समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नवराज रावलले सेवा सर्वसुलभ र छरितो बनाइनुपर्ने बताएका थिए । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले स्वास्थ्य जनताको पहुँचको विषयसँग मात्र जोडिन नहुने तर्क राखेका थिए ।

प्रतिष्ठानका उपकुलपति देवनारायण शाह, शिक्षाध्यक्ष प्राडा सुबोध अधिकारी, डिन प्राडा पियुष दाहालले आउँदा दिनमा अस्पताल अझ स्वास्थ्यसेवामा चुस्त हुने उल्लेख गरेका थिए भने निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले अस्पतालले न्युन शुल्कमा विरामीको उपचार गरिरहेको र १५ शैयाबाट वि.सं. १९४७ साउन १२ गते शुरु भएको अस्पताल ४६० शैयाको स्थितीमा पुगेको र अस्पतालसँग २०० शैयाको राष्ट्रिय ट्रमा सेन्टर पनि रहेको बताए ।
रासस  
  

ताजा खबर