‘मिस अर्थ नेपाल’ नग्मा अमेरिका जाँदै

२०७४ कार्तिक १७ शुक्रबार १६:१२:०० मा प्रकाशित

काठमाडौं, १७ कात्तिक ।  मिस नेपाल २०१२ को उपाधि चुम्न सफल भएकी नग्मा श्रेष्ठले अब अमेरिकामा हुन लागेको ६६ औं ‘मिस यूनिभर्स’ मा नेपालको तर्फबाट भाग लिने भएकी छिन् । राजधानीमा  शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नग्माले ‘मिस यूनिभर्स’ मा सहभागी हुँदा लगाउने भेषभूषाका केही अंशहरु प्रस्तुत गरेकी थिइन् ।

द हिडन ट्रेजरले आयोजना गरेको ‘मिस यूनिभर्स’ को पत्रकार सम्मेलनमा नग्माले यो प्रतिस्पर्धाका लागि गरिरहेको मिहिनेतको भिडियो पनि प्रस्तुत गरिएको थियो ।

नग्माले शीरमा मण्डला शैली उपकरण सहित शिष्ट र सौम्य रुपी सेतो परिपूरक बस्त्र लगाएकी उनी आकर्षक देखिएकी थिइन् । मूर्तिकार विजय महर्जनले नग्माको  पोशाक तयार पारेका हुन् । यसपटक नेपालको प्रतिनिधित्व गर्दै ‘मिस यूनिभर्स’ मा नेपाली भेषभूषालाई उजागर गर्ने उनले    बताइन् ।

नेपालले पहिलो पटक ‘मिस यूनिभर्स’मा सहभागीता जनाउन लागेको हो । नोभेम्बर २६ मा विश्वको चर्चित सुन्दरीहरुवीच प्रतिस्पर्धा हुनेछ ।
 

ताजा खबर