कोरोना कहरमा मलको हाहाकार : ‘रासायनिक मल किन्दा किसानलाई ज्यानको जोखिम’

२०७७ श्रावण १३ मंगलबार ०७:१०:०० मा प्रकाशित

महिना दिन अघि देखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ । भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो । ८२ किलोमिटर खुला सीमामा रासानिक मल किन्न दैनिक सयौं किसान सीमावर्तीमा पुग्छन्।

नेपाली किसान र भारत पक्षका सयौं मानिस भिँड छिचोलेर किसानले रासानिक मल किन्न पर्ने किसानलाई बाध्यता छ । महंगो र सस्तो कुनै चिन्ता नगरी मल किन्न पर्ने किसानको यतिबेला नियति बनेको छ । महिनौ दिन देखि भईरहेको यस्तो गतिबिधि रोक्न प्रशासनले सकिरहेको छैन । अझै पनि किसानलाई मल अभाव छ । तर, तस्करी गरेको ल्याएको मल किसान चार गुना महंगो सम्म किन्न बाध्य छन् ।

भारतका व्यापारीबाट खरिद गरी रासानिक मल किसानले घरघर भित्र्याउँन थाल्दा किसानलाई अर्को चिन्ता थपिएको छ, मल सँगसँगै कोरोना त भित्रिएन ।  

सीमावर्तीमा खुलेआम रुपमा हुने रासायनिक मलको कारोबारमा नेपाली किसान मूख्य ग्राहक हुन्। अधिकांश किसानको घरमा मल त आयो । तर, मल सँगसगै कोरोना भित्रिएको भन्दै समुदाय त्रसित छन्। पहिला पहिला भारतबाट आएका माानिसलाई क्वारेन्टिनमा राख्ने चलन थियो । त्यो हराएसँगै भारतबाट आएको मलसँगै आएको कोरोना पनि बेवास्ता भईरहेको किसानको आरोप छ । ‘ठूला ठूला बर्गका मानिस मात्र परीक्षण भईरहेको सुनिन्छ,’ एक किसानले भने, ‘पहुँच नभएका सर्वसाधरण स्वास्थ्य परीक्षणको जिम्मा सरकारको होईन र ? मजदुर र किसान परीक्षणको दायरमा पर्न पर्यो ।’

सरकारले कोरोना संक्रमणको परीक्षण फराकिलो बनाएर गर्न पर्ने भएपनि सिमित घेरामा भइरहेको परीक्षणले समुदायमा सरकारप्रति तीव्र असन्तुष्ट देखिएको छ । भारतीय मल प्रयोग धानमा गरेपनि यतिखेर कोरोना संक्रमण समुदाय फैलिएकोमा सर्वसाधरण त्रसित भएका स्थानीय बताउँछन्। ‘भारतीय सीमावर्तीमा दिनहुँ सयौं मानिसको भिँड हुन्छ,’ स्थानीय महोम्मद अन्सारीले भने, ‘मास्क नलगाएका अधिकांश किसान त्यहाँ देखिन्छन, त्यस्ताबाट कोरोना संक्रमण समुदायमा फैलिन त्रास बढिरहेको छ ।’ उनका अनुसार मल लिन पुग्ने सर्वसाधरण  सुरक्षा मापदण्डका बारेमा समेत अनभिज्ञ छन्।

महिनौं दिन अघि यस्ता गतिबिधि भएपनि कोरोना परीक्षण बारेमा सम्बन्धित निकाय मौन बसेको स्थानीयको आरोप छ ।

एक महिना अघि छिट फुट रुपमा साल्ट ट्रेडिङ र खाद्य संस्थानले सहकारी मार्फत रासायनिक मल(डिएपी र यूरिया)वितरण गरेको थियो । संस्थानले वितरण गरेको मल सिमित सहकारीमा आवद्ध किसानले मात्र पाएका थिए । सहकारी मार्फत ५० प्रतिशत किसानले मल पाएका छैनन् । सहकारी मार्फत वितरण गरेको मल २० केजी मात्र पाएको सहकारी सदस्य किसानले बताउँछन् । ‘सहकारी मार्फत पाएको मल नाम मात्रको हो’ उनले भने, ‘तीन क्यून्टल मल पाउँने ठाउँमा २० किलो मात्र पायौं ।’  

त्यीनी सहकारी सदस्य मलका लागि भारतमा नै निर्भर छन् । खाद्य संस्थान र साल्ट ट्रडिङ मार्फत मल आउँने सम्भावना न्यून रहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । ‘मैल संस्थानका जिएम सरसँग कुरा गरेको छु’ उनले भने, ‘डिएपी मल आउँने सम्भावना भएपनि यूरिया मल अझै उपलब्ध नहुने कुरा गर्नुभयो ।’ धानलाई यति खेर यूरिया आवश्यक्ता भएको उनले स्वीकारे । भारतबाट आएको मललाई आखा चिम्लिन परेको उनी बताउँछन् । ‘सुरक्षा मापदण्ड पुरा गर्न लगाएर किसानलाई एक बोरा मल ल्याउँन दिएका छौं,’उनले भने ।

महिनौ दिनअघि सुरक्षा मापदण्ड पुरा नगरेका किसानले मल ल्याएको उल्लेख गर्दे त्यस्ता किसानलाई पहिचान गरेर कोरोना परीक्षण गर्न लागेको प्रजिअ अधिकारी बताउछन्। होटल मजदुर, किसान, ट्रेसिङमा परेका मानिसहरू परीक्षण प्राथामिकतामा पर्ने उनले जानकारी दिए । ‘धेरै पटक सुरक्षा मापदण्ड पुरा नगरेर रासायनिक मल लिन पुगेका किसानको सामाजिक संजालमा फोटो भाईरल भएको थियो,’ उनले भने, ‘मास्क बाहेकका किसानलाई त्यस्ता ठाउँमा जान प्रशासनले रोक लगाएको छ ।’ स्थानीय तहले ल्याएका क्वारेन्टिनमा २ सय २६ जना बसिरहेको रेर्कडमा देखिन्छ । कोरोना संक्रमणको संख्या २ सय ३२ पुगेको छ । अधिकांश भारतबाट आएका मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
(नागरिक न्युजबाट)

ताजा खबर