क्वारेन्टिनमा आत्महत्या गरेका यूवामा काेराेना पुष्टि

२०७७ श्रावण १३ मंगलबार ०७:०६:०० मा प्रकाशित

क्वारेन्टिनमा आत्महत्या गरेका यूवामा काेराेना पुष्टि भएकाे छ । भारतबाट आफन्त कहाँ आएका यूवा रामबहादुर साउँथले आत्महत्या गरेका थिए । उनी पाँच दिन देखि क्वारेन्टिनमा बस्दै आएका  थिए । मृत्युपछि स्वाब परीक्षण गरिएकाे थियाे ।  

नेपाली सेना गुलरिया प्रमुख श्याम शाही को नेतृत्वमा सउँथकाे शव गाडिएकाे छ । अछाम बन्निगढी गाउँपालिका घर भई  ठाकुरबाबा नगरपालिका ४ मा राखिएको क्वारेन्टनमा आत्महत्या गरेको थिए । 

उनकाे शवकाे अन्तिम शंस्कारमा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी प्रमुखलगायतकाे उपस्थिति थियाे । 

आफन्तले क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले पाँच दिन अघि क्वारेन्टाइनमा लगेको थियो । कोरोनाको परीक्षणको  रिपोर्ट नआएकाले उनको शव घटनास्थलमै राखिएको छ ।
(नागरिक न्युजबाट)

ताजा खबर