स्वर्णिम युगकी हलिउड ख्यातिप्राप्ती नायिका ओलिभिया डे हेभिल्याण्डको १०४ वर्षमा निधन

२०७७ श्रावण १२ सोमबार ११:४५:०० मा प्रकाशित

ओलिभिया डे हेभिल्याण्ड भर्सक स्वर्णिम युग कि अन्तिम नायिका भन्दा फरक पर्दैन । पचास वर्षको अभिनयमा उनले करिव ५० वटा नै हलिउड फिचर फिल्म खेल्न भ्याएकी छिन् । उनको पछिल्लो फिल्मी इतिहाँसलाई केलाउँदा १९३९ मा बनेको गोन विथ द वाइन्ड लाई लिन सकिन्छ ।

सो समयमा फिल्मले पाँच वटा ओस्कार छनौटमा आफ्नो वर्चश्व कायम गरेको थियो ।

१९६० को शुरुवाती दशकमा डे हेभिल्याण्डले पेरिसमा रहेको हलिउड स्टुडियोमा बहुचर्चीत थिइन र चर्चित नायकहरुको माझमा विलाशिता जीवन जिउँथिन ।
  
उनीसँग आफ्नी कान्छि बहिनी तथा ख्यातीप्राप्त ओस्कार अभिनेत्री जोन  फोनटाइनको पनि पारिवारिक सम्बन्ध भन्दा एकआपसमा प्रगाढ स्नेह रहेको बताइएको छ ।

अभिनेत्रि ओलिभिया मेरी डे हेभिल्याण्डको जन्म १९१६ मा जापान स्थित राजधानी टोकियोमा भएको थियो । बालककालमै उनको परिवार अमेरिकाको क्यालिफोर्नियामा सरेको थियो ।

उनको सफलताको शुरुवात १९३५ मा बनेको अमेरिकी स्यामस्वेत चलचित्र क्याप्टेन ब्लडबाट शुरुवात भएको थियो ।

जसमा हलिउड अभिनेता इरोल लेसिली थोमसोन फिल्न उनको जोडीको रुपमा काम गरेका थिए । उनीहरुको फिल्ममा रहेको केमेस्ट्रिी उतिबेला प्रमुख चर्चाको विषय रहेको थियो ।

सन् १९३६ मा प्रकाशित ख्यातिप्राप्त अमेरिकी लेखक मार्गरेट मिचेलको उपन्यासबाट गोन विथ द वाइन्डको निर्माण भएको थियो । पछि यसैलाई चलचित्रको रुपमा छायाँङ्कन गरी नायिकालाई मेलानी पात्रको भूमिका दिइएको थियो ।

उक्त चलचित्रमा हेटि म्याक डेनियलले म्यामी कथानक भूमिका निभाउँदै उत्कृष्ट सहयोगी अभिनेत्रीको ओस्कार पुरस्कारको राशी हात पार्न सफल भएकी थिइन् ।

“टु इच हिज ओन” मा सन् १९४६ मा उनले उत्कृष्ट अभिनेत्रीको ओस्कार पुरस्कार ग्रहण गर्न भ्याइन भने सन् १९४९मा “द हाइरेस” चलचित्रबाट आफ्नो कलाकारितामा दास्रो नाम सुनौलो अक्षरमा छापिन ।

उनको मृत्यु पेरिस स्थीत सुतिरहेको साधारण अवस्थामा भएको बताइएको छ । 
(स्रोतः बिबिसी इन्टरटेनमेन्ट एण्ड आर्टस)


 

ताजा खबर