भाइरसको संक्रमण बढेसँगै मोटोपन पनि बढ्दै जाने

२०७७ श्रावण १२ सोमबार १०:१४:०० मा प्रकाशित

धेरै मात्रामा मोटाउनु, अनि मानिसमा हुने अनावश्यक वजन वृद्विले कोभिड–१९ को विरामलाई बढाउने र कतिपय अवस्थामा संक्रमण भएका रोगीको मृत्यु पनि हुने एक अध्ययनले खुलासा गरेको छ ।

सार्वजनिक स्वास्थ्य बेलायतले भनेको छ मोटा मानिसलाई अस्पतालको प्रत्यक्ष सुरक्षामा राखिने गरिन्छ । अस्पतालले उनीहरुलाई भर्ति गराउँछ ।
सरकारले मोटोपन जाँच्न कुनै निश्चित दायरा त बनाएको छैन ।

तरपनि चिकित्सकहरु भन्छन् धेरै वजन हुनु, मोटाउनु स्वास्थ्यको लागि राम्रो कुरो त हुँदो होइन । झन कोभिड–१९ को अवस्थामा यो रोग नभएर आँफै एक विराम हो ।

के हो धेरै वजनको मापन ?
राष्ट्रिय स्वास्थ्य सेवा बेलायतले शरिरको वजन आयतन निर्धारण गर्ने एक इनडेक्स बनायो । जसमा २५ देखि २९.९ लाई बढि वजन भनियो । ३० देखि ३९.९ लाई अत्याधिक मोटोपनको संख्यामा जोखियो ।

पुरुषको कम्मरलाई ९४ से.मि. मा र महिलाको कम्मर ८० से.मि. भएमा उनीहरु बढि वजन भएको बताइयो ।

कोभिड–१९ को महामारीको समयमा व्यक्ति विशेषले ध्यान गरि आफ्नो शरिरको वजन नियन्त्रण गर्न सक्ने भनिएको छ ।

मानिसहरुको जीवनशैली लकडाउन सहित प्रभावित बनेको अवस्थामा राष्ट्रिय रुपमै सबै मानिस शारिरीक व्यायाममा तल्लिन हुन थालेको बताइएको छ ।

धेरै पसलहरुमा तयारी खाजा र माधकपदार्थको विक्री वितरणमा पनि वृद्वि भएको जनाइएको छ । सञ्चार माध्यमबाट प्रदर्शन र प्रकाशन भएका अस्वस्थ्य खानेकुरामा सरकार सजग रहेको भनिएको छ ।
(स्रोतः बिबिसी हेल्थ)
 

ताजा खबर