२४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण

२०७७ श्रावण १२ सोमबार ०६:५४:०० मा प्रकाशित

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आइतबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १३० संक्रमित थपिएको जानकारी दिएका हुन् ।

देशभरी १८ हजार ६१३ जना कोरोना संक्रमित पुगेका छन् । उनका अनुसार २४ घन्टामा ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म १३ हजार १२८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

त्यस्तै ५ हजार ४४० जना सक्रिय संक्रमित उपचारमा रहेका छन् । क्वारेन्टाइनमा १७ हजार ९०३ रहेका छन् । गएको २४ घन्टामा ३ हजार ३०० जनाको स्वाब परीक्षण गरिएको थियो ।

जिल्लागत नयाँ संक्रमितको विवरण

  • दैलेख २५
  • काठमाडौं ८
  • झापा १
  • मोरङ ३
  • इलाम ८
  • सिरहा १
  • सुनसरी २
  • उदयपुर १
  • तेह्रथुम १
  • मोरङ २३
  • धनकुटा १
  • महोत्तरी २
  • पर्सा ४
  • दाङ १
  • नुवाकोट १
  • सोलुखुम्बु २
  • नवलपरासी पूर्व २
  • मकवानपुर १
  • रौतहट १
  • बारा १
  • कास्की ३
  • गोरखा २
  • रुपन्देही १
  • अर्घाखाँची १
  • बाँके २
  • बर्दिया ६
  • जुम्ला १
  • रोल्पा ३
  • सुर्खेत ३
  • अछाम १४
  • बाजुरा ३
  • कञ्‍चपुर ३
    (कान्तिपुर अनलाइनबाट)

ताजा खबर