शम्भु राईको नयाँ गीत ‘एनी हौ…’ (भिडियोसहित)

२०७७ श्रावण ११ आइतबार ०९:२७:०० मा प्रकाशित

काठमाडौं । ‘चलेछ बतास सुस्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें ’ जस्ता चर्चित गीतका गायक शम्भु राईको नयाँ गीत बजारमा आएको छ । पूर्वेली लोक गीतका चर्चित व्यक्तित्व राईले ‘एनी हौ आँखैमा झलझली’बोलको गीत ल्याएका छन् ।

उनलाई गायिका अञ्जु गौतमले साथ दिएकी छिन् । अञ्जुले अहिलेसम्म एकसय बढी गीतमा स्वर दिइसकेका छन् छन् । ‘एनी हौ आँखैमा झलझली’ गीतमा शब्द र संगीत पनि गायक शम्भुकै रहेको छ ।

गीतको भिडियोमा अनिता गोले, उमेश राई (फुलन्देको आमा), ज्योती खड्का, पारबन राई (राई बुढा), कमल सिँह लगायतलाई फिचरिङ गरिएको छ । अभी लामाको निर्देशन तथा युद्धा लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुर्य लामाले छायाँकन तथा सम्पादन गरेका हुन् । गीतलाई श्रद्दा रेकर्डिङ स्टुडियोले प्रस्तुत गरेको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर