इंग्ल्यान्ड ३ सय ६९ रनमा अलआउट

२०७७ श्रावण ११ आइतबार ०७:४२:०० मा प्रकाशित

म्यानचेस्टर — इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको दोस्रो दिन शनिबार आफ्नो पहिलो इनिङ्समा ३ सय ६९ रन बनाएर अलआउट भएको छ । इंग्ल्यान्डले ४ विकेट गुमाएर २ सय ५८ रनबाट अगाडि सुरु गरेको थियो ।

 

अघिल्लो दिन नटआउट ब्याट्सम्यान ओले पोपले ९१ रन मात्र बनाउन सके । सुरुआत एक घन्टाको खेलमा लगातार विकेट गुमाएको इंग्ल्यान्डका लागि स्टुवार्ट ब्रोडले ४५ बलमा ६२ रन बनाए ।

वेस्ट इन्डिजका बलरमध्ये केमार रोच सबैभन्दा सफल रहे र उनले ७२ रनमा ४ विकेट लिए ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर