५ लाख ५३ हजारसहित सुनसरीका बन अधिकृत पक्राउ

२०७७ श्रावण १० शनिबार ०९:४०:०० मा प्रकाशित

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जिल्ला बन कार्यालय सुनसरीका बन अधिकृत रामबाबु शाह र उनकी श्रीमती किरण शाहलाई श्रोत नखुलेको ५ लाख ५३ हजार नगदसहित पक्राउ गरेको छ ।

शुक्रबार साँझ श्रोत नखुलेको रकम लिएर श्रीमतीसहित रौतहट जाँदै गरेको सूचना पाएपछि अख्तियार इटहरीको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । बन कार्यालयको बा२ झ ४१० नम्बरको सवारी साधनमा लुकाइएको अवस्थामा श्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार इटहरीले जनाएको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर