यहाँ नाच्नै नजान्ने कलाकार छन्

२०७४ कार्तिक १६ बिहीबार १३:४५:०० मा प्रकाशित

फिटिक्कै नाच्नै नजान्ने कलाकारहरुसँग काम गर्दा पनि हामीलाई रमाइलै हुन्छ , हामी रमाई नै रहेका हुन्छौं । हामी उहाँहरुलाई कसरी सजिलो तरिकाले नाच सिकाउन सकिन्छ भनेर हेर्ने गर्छौं । अब नाच्न जान्नेहरुको त कुरै गर्नुपरेन उहाँहरुसँग त रमाइलो तरिकाले काम हुन्छ । फिटिक्कै नाच्न जान्ने नजान्ने भनेर छुट्याउन पनि गाह्रै छ । मैले भन्ने बित्तिकै सिकाएको स्टेप टपक्क टिप्ने कलाकारमा  दिलिप रायमाझी र प्रियंका कार्की  पर्छन् । मैले दिएको स्टेपहरु उहाँहरुले सजिलैसँग टिप्नु सक्नुहुन्छ ।

नाच्नेहरु त व्यस्त हुन्छन् , तपाईं नाच्न सिकाउन गुरुको चैं कस्तो छ व्यस्तता ?

सधैं यस्तै व्यस्त नै होईन्छ । अहिले ‘आर्या’ नामको चलचित्रको लागि बनेको एउटा गीतको काम हुँदैछ । केही दिनपछि चलचित्र ‘लिलिबिलि’ को लागि काम गर्न बेलायत जाँदैछु । चलचित्र ‘शत्रुगते’ को लागि पनि कामहरु हुँदैछन् मेरो काम नै यही हो यसमै व्यस्त छु ।

नाच्दानाच्दै नचाउन थालियो

म यो क्षेत्रमा प्रवेश गरेको संगतले गर्दा नै हो । म पहिले जुन क्षेत्रमा नृत्य सिक्थें त्यहि क्षेत्रमा मेरा केही दाईहरु हुनुहुन्थ्यो । उहाँहरुले नै मलाई एउटा चलचित्रमा काम गर्ने मोका दिनुभयो । सबैभन्दा पहिला मैले ‘इतिहास’ भन्ने चलचित्रमा काम गरें । त्यसपछाडि ‘सुन्दर मेरो नाम’ भन्ने चलचित्रबाट कोरियोग्राफिमा मैले पहिलो बे्रक पाएँ । त्यसपछि मैले चलचित्रहरु पाउँदै पनि गरें र व्यस्तता पनि धेरै नै बढ्न थाल्यो । त्यसपछि मैले पछाडि फर्केर हेर्नु परेन । पहिलाका दिनहरुमा काम गर्न अलि असहज नै थियो । आफुले भनेको जस्तो गर्न नपाइने । काम पनि थोरै नै हुने तर अहिले त्यस्तो छैन ।  अहिले कहिलेकाहीं त खाना खान समेत समय हुँदैन । अहिले कोरियोग्राफिमा धेरै कुराहरु परिवर्तन पनि भइसकेका छन् ।

के कोरियोग्राफि जादु हो

यो जादु भन्दा पनि सबैभन्दा ठूलो कुरा त काम नै हो । मैले गरेका कामहरु मेरा दर्शकहरुले, हाम्रो चलचित्र क्षेत्रका निर्देशक, निर्माताहरुले मन पराईदिनु भएको छ त्यहि नै मेरो उपहार हो । मेरो लागि यो नै सबैकुरा हो । यसमा जादु भन्दा पनि आफ्नो कामलाई राम्रो गर्ने हो । कुनै पनि क्षेत्रमा आफ्नो काम राम्रोसँग गर्ने हो भने त्यसमा पक्कै नै सफल भइन्छ । कुनै कुनै गीतहरुमा म असफल पनि भएँ होला तर जे होस् राम्रो काम गर्यो भने पक्कै नै सफल होइन्छ । यो मेरो अनुभव हो ।

कतिवटा चलचित्र 

अहिलेसम्म लगभग मैले गन्दा १ सय ५० वठा पुगेको थियो । त्यसपछाडि मैले गनेको छैन । अहिलेसम्म २ सय वटा जति पुगे कि  ।

काम गर्न सजिलो चलचित्र 

मलाई सबैजसो चलचित्रहरुका कोरियोग्राफि गर्न सजिला नै लाग्छन् । पछिल्लो समयमा जति पनि गानाहरु हिट भए जस्तै – ‘पूर्व पश्चिम रेल, काले दाई, भन्छु आज, कुटुमा कुटु, म यता किनारमा, किनिदेउ न साईला दाई, पर्ख पर्ख मायालु’ यी गीतहरुमा आफुलाई पनि अलिकति मैले राम्रो गरेको हो भन्ने महशुस हुन्छ । धेरै गीतहरु छन् ।

पहिलो अनुभव

मैले पहिलो कोरियोग्राफि गरेको चलचित्र ‘इतिहास’ हो । त्यो बेला हाम्रो निर्देशक उद्धव अविजित  हुुनुहुन्थ्यो । त्यतिबेला मैले काम गर्दा खासै त्यस्तो गाह्रो थिएन । चलचित्रका सबै काम गर्ने साथीहरु मिल्ने नै हुनुहुन्थ्यो । अब पहिलो पटक कोरियोग्राफि गर्दा त अलिअलि डर त अवश्य नै हुन्छ । मैले ग्रुपमा डान्स नगरिकन एक्कासी चलचित्र काम गर्नु पर्यो । त्यसैले पनि मनमा अलिअलि डर त थियो नै । मेरो काम कसैले मन पराइदिने हो कि होइन, मैले सिकाएका नृत्यलाई कलाकारहरुले सहि ढंगबाट बुझ्ने हुन कि होइनन् भन्ने डर मनमा भइनै रहन्थ्यो । म पहिला त्यो चलचित्रमा आउनुभन्दा अघि दर्शक पनि थिए । दर्शक हुँदा म नेपाली चलचित्रका बारेमा धेरै कमेन्टहरु पनि गर्ने गर्थें । तर पछि म चलचित्रमा छिरिसकेपछि यस्तो लाग्यो कि हामी बाहिर बसेर चलचित्रको कमेन्ट गर्नु भनेको एकदमै नराम्रो रहेछ भन्ने मैले सोचें । हामीले बाहिरबाट जस्तो देख्छौं भित्र अर्कै हुनेरहेछ । हामीले भित्र एकदमै गाह्रो गरेर काम गर्नुपर्ने रहेछ ।

अरु कोरियोग्राफरको दाँजोमा आफ्नो स्थान

म कसैलाई पनि स्थान दिन्न । यसमा हामीले गरेको काम हाम्रो दर्शक र चलचित्र क्षेत्रका मान्छेहरुले कसरी लिनु हुन्छ भन्ने कुरा हो । आफुलाई कुन स्थानमा राख्ने भन्दा पनि म व्यस्त छु र मैले कसरी दर्शकहरुलाई अझ बढि राम्रो काम दिन सक्छु भन्ने हो । तर मैले स्थानमा न आफुलाई नै राखेको छु न अरुलाई नै राखेको छु । अरुको कामलाई म खोट पनि लगाउँदिन र अरुसँग आफुलाई दाँजेर पनि   हेर्दिन । मेरो भनाई यतिमात्र हो कि सबैले राम्रो काम गर्नुपर्छ ।

निर्माता - निर्देशकको आदेश 

यसमा आदेश भन्दा पनि सबै मिल्ने नै हुुनुहुन्छ । अब एउटा निर्मातालाई आफ्नो चलचित्र राम्रो बनोस् भन्ने त पक्कै नै हुन्छ । यसमा खासै गाह्रो चैं छैन । चलचित्र क्षेत्रमा अहिले सबैजना बुझेर आउनुभएको छ र सबैले बुझनु पनि हुन्छ । मेरो चलचित्रको गीत यतिसम्म हुन्छ यतिसम्म गर्न सकिन्छ र कलाकारहरुले यतिसम्म गर्न सक्छन् भन्ने कुरा अगाडि नै थाहा हुन्छ । अहिले त झन सुटिङमा जानु अघि केही कार्याशाला पनि गर्ने गरिएको छ । अहिले पछिल्लो समयमा गीतहरुको मार्केटिङ राम्रो भएको हुनाले अहिले जति पनि निर्देशक÷निर्माताहरु हुनुहुन्छ उहाँहरु आफ्नो चलचित्रको गीतहरु राम्रो गरुँ भनेर नै लागिपर्नुहुन्छ ।

नृत्य सिक्ने तरिका

यसमा म के सोच्छु भने हाम्रा कलाकारहरुलाई के गर्दा राम्रो हुन्छ । जस्तो कि यदि उहाँहरुलाई हिँड्दा राम्रो हुन्छ भने म हिँडाई दिन्छु, कुम हल्लाउँदा राम्रो हुन्छ भने कुम मात्रै हल्लाईदिन्छु । यति मात्र हो कि उहाँहरुलाई कसरी प्रस्तुत गर्ने भन्ने हो । यदि उहाँहरुले नाच्नै सक्नुहुन्न र मैले जबरजस्ती धेरै उपायहरु दिएर पनि त राम्रो हुँदैन । यसमा खास केही पनि होइन जुन कलाकारले जसरी ढल्न सक्नुहुन्छ त्यसरी नै उहाँहरुलाई ढाल्ने हो । म पहिला उहाँहरुलाई नचाएर हेर्छु । उहाँहरुले के के गर्न सक्नुहुन्छ त्यो हेर्छु । यदि उहाँहरु हिड्न मात्र सक्नुहुन्छ भने म उहाँहरुलाई हिँडाउने काम मात्र गर्छु । नेपाली चलचित्रमा हल्का नृत्य त सबै कलाकारहरुले गर्न सक्नुहुन्छ । पहिले गाह्रो उपाय नगराई सजिलो तरिकाले म कलाकारहरुलाई नचाउने काम गर्छु । कलाकारहरुबाट आफंै सिर्जना भएका स्टेपहरु हुन् ।

सजिलो र गाह्रो कलाकार

फिटिक्कै नाच्नै नजान्ने कलाकारहरुसँग काम गर्दा पनि हामीलाई रमाइलै हुन्छ , हामी रमाई नै रहेका हुन्छौं । हामी उहाँहरुलाई कसरी सजिलो तरिकाले नाच सिकाउन सकिन्छ भनेर हेर्ने गर्छांै । अब नाच्न जान्नेहरुको त कुरै गर्नुपरेन उहाँहरुसँग त रमाइलो तरिकाले काम हुन्छ । फिटिक्कै नाच्न जान्ने नजान्ने भनेर छुट्याउन पनि गाह्रै छ । मैले भन्ने बित्तिकै सिकाएको स्टेप टपक्क टिप्ने कलाकारमा  दिलिप रायमाझी र प्रियंका कार्की  पर्छन् । मैले दिएको स्टेपहरु उहाँहरुले सजिलैसँग टिप्नु सक्नुहुन्छ र टिप्नु भएन भने पनि उहाँहरु आफैंले प्रयाश गरेर ल यसरी गरुँ र यसो गरौं भनेर भन्नुहुन्छ । नाच्नै नजान्ने कलाकारहरु पनि छन् तर उहाँहरुसँग पनि मिलेर काम गरिन्छ । नाच्नै नजान्ने उहाँहरु को को हुनुहुन्छ भनेर नाम नै सार्बजनिक गर्नु आवश्यक छैन ।

कोरियोग्राफिमा अवसर

यसमा एकदमै राम्रा राम्रा अवसरहरु छन् । एक त अहिले कोरियोग्राफरहरु एकदमै कम पनि हुनुुहुन्छ । यसले पनि यसमा अवसरहरु बढेको छ । पहिला चाहि यसमा अलिकति गाह्रो नै थियो । बजेटहरु देखि लिएर हरेक कुराहरुमा कम थियो । अहिले चलचित्रहरु पनि धेरै नै बन्दैछन् । पहिला चलचित्रहरु पनि कम नै बन्थे । पछिल्लो समय कोरियोग्राफिमा स्कोप एकदमै राम्रो छ ।

प्रस्तुति -  सुकृत नेपाल


  
 

ताजा खबर