आज नाग पञ्चमी

२०७७ श्रावण १० शनिबार ०९:१३:०० मा प्रकाशित

आज साउन शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाइँदैछ ।

बिहानेदेखि देशभरका नाग मन्दिमा भक्तजनको निकै घुइचो रहेको छ । नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर पूजा गर्दै, नाग मन्दिरमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ ।

उपत्यकामा चोभारपारि टौदह, नक्साल नागपोखरी, भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल सुन्धारा छेउको मीननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, र चाँगुनारायण नगरपालिका वडा नं– ८, कलमसीस्थित कल्पेश्वर नाग मन्दिरमा विशेष पूजाअर्चना हुने गर्दछ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर