कोरोना अपडेट : विश्वभर ६ लाख ४२ हजार ६८८ को मृत्यु, ९७ लाख २३ हजार ९४९ कोरोना मुक्त

२०७७ श्रावण १० शनिबार ०९:०३:०० मा प्रकाशित

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ६ लाख ४२ हजार ६८८ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड ५९ लाख ४० हजार ३७९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ९७ लाख २३ हजार ९४९ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख ४८ हजार ४९० जनाको मृत्यु भएको छ भने ४२ लाख ४८ हजार ३२७ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ८५ हजार ३८५ जनाको मृत्यु भइसकेको छ भने २३ लाख ४८ हजार २०० जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, भारत ३१ हजार ४०६, इटलीमा ३५ हजार ०९७, स्पेनमा २८ हजार ४३२, फ्रान्समा ३० हजार १९२, इरानमा १५ हजार २८९, बेल्जीयममा ९ हजार ८१२, जर्मनीमा ९ हजार २०१, नेदरल्याण्डमा ६ हजार १३९, टर्कीमा ५ हजार ५८०, स्वीजरल्याण्डमा १ हजार ९७७ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १८ हजार ३७४ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ४४ जनाको मृत्यु भइसकेको छ । यस्तै, १२ हजार ९४७ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर