अदालतको फैसलाविरुद्ध सडक प्रदर्शन : ‘न्यायाधीशलाई महाअभियोग’को नारा (फोटो फिचर)

२०७७ श्रावण १० शनिबार ०८:५०:०० मा प्रकाशित

काठमाडौं : रञ्जन कोइरालाको सजाय घटाएर रिहा गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा प्रदर्शन सुरु भएको छ। शुक्रबार राजधानीमा पीडितपक्ष र अधिकारकर्मीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्। 

श्रीमतीको हत्या गर्ने कसुरदारलाई छोडेर न्यायलयले न्यायको उपहास गरेको भन्दै अधिकारकर्मीले अदालतको फैसलाविरुद्ध सडक प्रदर्शन गरेका हुन्। यस्तो फैसालाले न्यायलयप्रतिको आमआस्था र भरोसा धरमराएको चिन्ता नागरिकस्तरबाट व्यक्त भएको छ। 

‘अदालतको चोला फेर्ने चोलेन्द्रलाई महाअभियोग, फैसला होइन न्याय चाहियो, चोलेन्द्र शम्शेर र तेजबहादुर केसीलाई महाअभियोग लगा, अदालतभित्रको एनजीओ करण बन्द गर’ लगायतका नारा लगाएर अधिकारकर्मीले प्रदर्शन गरेका हुन्।  
(अन्नपूर्ण पोष्टबाट)
 

 

ताजा खबर