बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवा सिल

२०७७ श्रावण १० शनिबार ०७:५०:०० मा प्रकाशित

सप्तरीको राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको अकास्मिक कक्षमा भर्ना एक विरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिष सेवन गरी उपचारार्थ भर्ना भएका तीलाठिकोईलाडि गाउँपालिका–२ का ४८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो ।

बिरामीमा संक्रमण भेटिएपछि अस्पतालको आकस्मिक कक्षलाई सिल गरेर सेनिटाइज गरिँदै छ । आस्मिक कक्षमा कार्यरत्त सबै स्वास्थ्यकर्मीहरु एक्सपोज(संक्रमितको सम्पर्कमा) भैसकेकोले सेवा संचालनमा चुनौती थपिएको अस्पताल प्रमुख डा.रन्जितकुमा झाले बताए । बुद्यबार स्वाब संकलन गरीका अस्पतालका सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आउँदा हौसिएका थियौं डा. झाले भने,‘बिरामीको रिपोर्ट पोजेटिभ आउँदा चुनौती थपिएको छ ।

यसअघि एक जना नर्स र एक जना सफाई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङको आधारमा अस्पतालका चिकित्सक र कर्मचारी सहित कुल १ सय ७६ जनाको स्वाव संकलन गरी बिराटनगर स्थित कोशी अस्पताल र राजबिराजको गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो । दुई जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल प्रमुख डा. झाले बताए ।

यसैगरी, राजबिराज नगरपालिकामा सात जना समुदायका व्यक्ति कोरोना संक्रमित भेटिएका छन । राजविराज–६ मा चियानास्ता पसल संचालन गर्दै आएका परिवारका ४ जना सदस्यसहित सात जना समुदायका व्यक्ति संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनीयालाल यादवले बताए । ६९, २९ र २२ वर्षिय पुरुष तथा ४० वर्षिया महिला संक्रमित भएका हुन । यसै वडाका एक जना पुरुष पनि संक्रमित भेटिएका छन । वडा नम्बर ९ की ५५ वर्षिया महिला र राजविराज नगरपालिका ७ का ७० वर्षिय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख यादवले बताए ।
(नागरिक न्युजबाट)

ताजा खबर