कोरोना भाइरसको असर कम गर्न अक्सफोर्डले निकाल्यो नयाँ भ्याक्सिन

२०७७ श्रावण ९ शुक्रबार ११:५३:०० मा प्रकाशित

कोरोना भाइरस रोकथामको लागि हालै करिब १०७७ जना विरामी माथि टि सेल र एन्टीबडिजको प्रयोग भएको जानकारी दिइएको छ ।
विभिन्न तथ्यहरुले कोरोनाका रोगीहरुलाई सुरक्षित र सफल परिक्षणमा सहयोग पुगिरहेको बताइएको छ ।

कुन भ्याक्सिनले रोग नियन्त्रण गर्ला ?
हालै सार्वजनिक भ्याक्सिन मध्ये सिएचडिओयक्सवन कोभ–१९ दुर्लभ बताइए पनि प्रयोजनमा ल्याइने बताइएको छ ।
चिम्पान्जिलाई रुघाखोकी लागेको बेला जीनको परिक्षण गरिएको उक्त भ्याक्सिनको सफल प्रयोग गरिएको बताइएको छ ।
वैज्ञानिकहरुको सल्लाह अनुसार जीनमा हुने प्रोटिन र मानव कोषको फैलावटलाई रोक्न उक्त भ्याक्सिनको प्रयोग गरिएको बताइएको छ । 

एन्टीबडीज र टि सेल के लाई भनिन्छ ?
कोरोना भाइरसको सफल परिक्षणमा एन्टीबडिजले मानिसको रोगसँग लड्ने क्षमतामा सहयोग पु¥याइरहेको हुन्छ ।
एन्टीबडिज भन्नाले स–सना प्रोटिनहरु हुन जुन भाइरससँग बढि नजिक हुने गर्दछन् ।
टि सेल्स, ब्लड सेल्स र रोग नियन्त्रण ले विभिन्न मानव कोषमा असर पु¥याइरहेको बताइन्छ ।
यी सेल्सहरुको प्रयोगमा भ्याक्सिनको प्रयोगले रोगको लक्षणमा कम असर पर्ने खुलासा गरेको हो ।

के यो सुरक्षित छ त ?
धेरै नै टाउको दुख्ने र शरिरमा तापक्रम बढ्दै जाने विरामीलाई यो भ्याक्सिनको प्रयोग गर्न दिइने बताइएको छ ।
बेलायतमा १०,००० भन्दा बढि मानिसमा मा रोग संक्रमणको शुरुवाति दिनहरुमा यो भ्याक्सिनको परिक्षण गरिएको जनाइएको छ ।
(बिबिसी न्युजबाट)

ताजा खबर