पर्सामा पाँच भारतीय सहित ३२ जनामा संक्रमण, पाँच जना आईसीयूमा भर्ना

२०७७ श्रावण ९ शुक्रबार १०:३१:०० मा प्रकाशित

वीरगञ्ज । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा विहीबार गरिएको परीक्षणमा ५ जना भारतीय सहित सहित ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

विहीबार राती अबेर आएको पिसिआर परीक्षणको रिर्पोट अनुसाार वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवाकक्षमा रहेको पाँच जना भारतीय नागरिक सहित ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको कोभिड अस्पतालका कोर्डिनेटर डा. उदय नारायण सिंहले बताउनुभयो ।

नयाँ भेटिएका संक्रमितहरुमा ५ जना थुनुवामा रहेका भारतीय नागरिक , छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ बर्षिय पुरुष, बहुदरामाई नगरपालिका– ५ भौराटार बस्ने ३३ बर्षीय पुरुष, पकाहा मैनपुर गाउँपालिका– ३ सवैठवाका ५० र २७ बर्षीय पुरुष बाहेक अन्य २३ जना वीरगञ्ज निवासी रहेको कोभिड अस्पतालका कोर्डिनेटर डा. उदय नारायण सिंहले जानकारी दिनु भयो । नयाँ फेला परेका संक्रमितहरुमा ९ महिने बालक देखि ६० वर्षिय महिला सम्म रहेको र ७ महिला , २५ जना पुरुष रहेको उहाँले बताउनु भयो ।

नयाँ फेला परेका सबै ३२ जना संक्रमितलाई नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालको आईसोलेसनमा लैजाने तयारी भई रहेको डा. सिंहले बताउनु भयो ।

५ जना थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वडा प्रहरी कार्यलय श्रीपुर वीरगञ्जलाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बताउनुभयो । भारतबाट गत शुक्रबार अबैद्यरुपमा नेपाल भित्रिरहेको अवस्थामा पक्राऊ परी थुनामा रहेका ५ जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले गोरखापत्रलाई बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले दैनिकरुपका कोरोना संक्रमितको संख्या बढी रहेको र कुनैपनि ट्राभल्स हिस्ट्री नभएकामा पनि कोरोना पुष्टि भएकाले कोरोना समुदायमा फैलिसकेको दाबी गर्नुभयो । कन्ट्र्याक्ट ट्रेसिङ, संक्रमित ओसारपसार, नमुना संकलन लगायतको काममा पर्साका विभिन्न सरोकारवाला निकायसँग राम्रो सहकार्य हुन नसकेकाले परीक्षण र बिरामीलाई अस्पतालसम्म लैजाने कार्यमा ढिलाई भईरहेको बताउनु भयो ।

गण्डक अस्थायी कोभिड अस्पतालमा रहेका संक्रमति मध्ये २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको र ५ जना आइसीयूमा उपचारत रहेको कोभिड अस्पतालका कोर्डिनेटर डा.सिंहले जानकारी दिनु भयो । हाल गण्डक अस्थायी कोभिड अस्पतालमा ४५ जना संक्रमित उपचाररत रहेकोमा अब यो संख्या बढेर ७७ हुने भएको छ ।

यस अघि पनि पर्सामा १७ जनामा कोरोना संक्रमण फेला परेको थियो । जस मध्ये एक जनाको मृत्यु पछि कोरोना रिपोर्ट पाजेटिभ आएको थियो ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर