राजेश हमालका भाई राकेश हमालको निधन

२०७७ श्रावण ८ बिहीबार १०:१८:०० मा प्रकाशित

काठमाडौं । अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । हमालको उपचारको क्रममा नयाँ दिल्लीमा निधन भएको हो ।

लामो समयदेखि कलेजो सम्बन्धि समस्याबाट पीडित हमाललाई केही दिन अघि उपचारका लागि दिल्ली लगिएको थियो । टेलिभिजन कार्यक्रम ‘रजतपट अंकल’ का प्रस्तोता प्रकाश सुवेदीले सामाजिक सञ्जाल फेशबुकमा हमालको निधन भएको जानकारी दिएका छन् ।

(राजधानी दैनिकबाट)

ताजा खबर