बलात्कार भई शिशु जन्मेपछि पक्राउ !

२०७७ श्रावण ८ बिहीबार ०८:१९:०० मा प्रकाशित

बलात्कारको एक वर्षभन्दा बढी समयपछि प्रहरीले बलात्कारको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । रामेछाप खाँडादेबी गाउँपालिका वडा नं. ९ स्थायी घर भएका मोहनबहादुर भण्डारीका छोरा वर्ष २२ का राजेश भन्ने सुरेश भण्डारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार निजलाई खोजतलास गरी कारवाही गरी पाउ भन्नेसमेत ब्यहोराको २०७७ असार १४ गते महानगरीय प्रही वृत्त ठिमीमा जाहेरी पर्न आएको थियो । त्यस अनुसार खोजतलासको क्रममा अहिले पक्राउ परेको परिसरले जनाएको छ ।  

परिसरका अनुसार २०७६ जेठ २७ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मध्यपुर अस्पताल अगाडि मासु पसल गर्ने राजेश भण्डारीले पत्रिकाको ग्राहक बनाउने क्रममा १७ वर्षीय बालिकालाई सोही स्थानमा रहेको निजको डेरा कोठामा लगी डर धाकधम्की दिई जवरजस्ती करणी गरेका थिए । निजले जवरजस्ती करणी गरेपश्चात गर्भवती भई २०७६ माघ २६ गते छोराको जन्मसमेत भइसकेको छ ।  

निज जवरजस्ती करणी गर्ने भण्डारीलाई उल्लेखित वतनमा खोज्दा फेला नपरेको र निजलाई खोजतलास गरी कारवाही गरी पाउ भन्ने समेत ब्यहोराको मिति २०७७ असार १४ गतेको जाहेरीपछि अहिले पक्राउ गर्न सफल भएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । जवरजस्ती करणी मुद्दाको कसुर बमोजिम एक वर्षे हद म्याद भएता पनि कोभिड-१९ संक्रमणको कारण अधिराज्यभर २०७६ चैत ११ गतेबाट बन्दाबन्दी भएको र उक्त बन्दाबन्दीको अवधिलाई शुन्य समय मानिने सर्वोच्च अदालतको निर्णय अनुसार जवरजस्ती करणी मुद्दाको एक वर्षे हद म्याद बाँकी नै रहेको हुँदा मुद्दा दर्ता गरी निज अभियुक्तलाई कानुन बमोजिम पक्राउ गरी जिल्ला अदालत भक्तपुर पेश गरेको परिसरले जनाएको छ । निजलाई ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
(नागरिक न्युजबाट)

ताजा खबर