तस्बिरमा अवरुद्ध मुग्लिन-नारायणगढ सडक

२०७७ श्रावण ७ बुधबार १०:१६:०० मा प्रकाशित

चितवन । मुग्लिन नारायणगढ सडकको बतासे डाँडामा पहिरो खस्दा सडक बिहानसम्म पनि खुलेको छैन । मङ्गलबार राति ८.०० बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहाड नै खसेपछि पन्छाउन कठिन भएको छ । यो सडकखण्डको अन्य स्थानमा पनि साना पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।

पहिरो पन्छाउने काम बिहान ९ बजेसम्म भएको छैन । बाटो अवरुद्ध भएपछि मुग्लिन जान र भरतपुर आउनसमेत समस्या भएको छ ।
पहिरो पन्छाउने काम छिट्टै सुरु हुने बाग्मती प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिनुभयो । बाटो अवरुद्ध भएपछि पहिरो माथिबाटै मोटरसाइकल डोर्याएर जोखिममा यात्रा गर्न थालेका छ्न् ।

चितवन र धादिङ जोड्ने मोवा खोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सो स्थानको अवलोकन गरेर फर्किँदा प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुखलगायत साँझ पहिरोले गर्दा थुनिनुभएको थियो ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर