नविना भईन ह्वाईट हाउस एसएलसी प्रिन्सेस

२०७४ असार ५ सोमबार ११:४७:०० मा प्रकाशित

काठमाडौ, ५ असार । गएको शनिबार प्रज्ञा भवनको डबलीमा सम्पन्न हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज एसएलसी प्रिन्सेस् २०१७ प्रतियोगितामा १६ वर्षिया नविना राई ह्वाईट हाउस एसएलसी प्रिन्सेस भएकी छन् । नविनाले प्रतियोगितामा शीर्ष उपाधि सहित मिस पपुलर अवार्ड पनि हात पार्न सफल भइन् । नविनाले नगद ५० हजार र हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजका तर्फ प्लस टू अध्ययनका लागि शत्प्रतिशत छात्रवृत्ति पुरस्कार पनि प्राप्त गरिन । 

रोजिन शाक्यको कोरियोग्राफीमा सिजन मिडियाद्वारा आयोजित सो प्रतियोगितामा स्मृति नेपालले फस्ट रनर अप उपाधि साथै मिस पर्सनालीटीको उपाधी जित्न सफल भइन् भने सलिना कटुवाट सेकेन्ड रनर अप विजेता बन्न सफल भइन् । साथै नेपाल र कटुवालले क्रमस  ३० र २० हजार नगद साथै एक लाख वरावरको छात्रावृत्रि पाइन । थर्ड रनर अप सितास्मा पोखरेल र फोर्थ रनरअप प्रेरणा महत घोषित भइन ।

प्रतियोगितामा नामी कलेजका सिइओ योगराज कंडेल, क्याम्पीयन एकेडेमीका प्रिन्सीपल रमेश भण्डारी, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजकी डाइरेक्टर विना कैनी ,शिक्षक प्रेम गुरुङ,नायिका भिन्तुना जोसी, स्कीन एण्ड लेजर थेरापिष्ट आसा सुवाल निर्णायक मण्डलमा रहनु भएको थियो । 

प्रतियोगिताको अन्य उपाधिहरुतर्फ मष्ट ट्यालेन्ट प्रकृति साही, अर्गनाइजर च्वाइस र हेल्दी स्माइल मनकामना पुन मगर , मिस डिसिप्लीन दिक्षा गौतम, वेष्ट स्कीन जुनीमायाँ तामाङ, मिस फिटनेश विशुम तामाङ, वेष्ट फोटोजेनिक गरिमा योन्जन,  ब्युटीफुल हेयर नेहा तुलाधर, वेष्ट फ्रेन्डशीप पुजा अधिकारी, वेष्ट ड्रेस इन्जु श्रेष्ठ , एकाडेमिक अवार्ड कविता देवकोटा, सोसल सर्भिस एभिन्जेलीना आर्चाय, वेष्ट वाक सोफी श्रेष्ठ मिस पङ्चुवालिटि इन्दिरा खतिवडा, मिस कन्फीडेन्ट रुषा नापित र फेशवुक लाइक अवार्ड प्रतिक्षा खत्रि, मिस क्रियटिभ रितिका चौलागाई ,भिर्योस च्वाइस क्रितिका थापा , व्यूटीफूल आई श्रेर्या श्रेष्ठले जित्न सफल भएका थिए ।
 

ताजा खबर