शिक्षा विज्ञसँग कांग्रेसको छलफल

२०७७ श्रावण ६ मंगलबार ०९:४७:०० मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोनाका कारण शैक्षिक क्षेत्रमा परेको असरलाई लिएर शिक्षाविद्स“ग छलफल गरेको छ ।  ‘शिक्षा क्षेत्रमा कोरोनाको असर र समाधानसहितको अबको बाटो’ विषयमा कांग्रेसले विज्ञसँग छलफल गरेको हो ।

कांग्रेसको ‘कोभिड–१९ अनुगमन समिति’ले आइतबार ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शैक्षिक क्षेत्रसम्बन्धित संघसंस्थाका प्रतिनिधिसहित विज्ञसँग छलफल गरेको छ । छलफलक्रममा सरोकारवालाले विशेष सावधानी अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न सकिने भन्दै सरकारलाई दबाब दिन सुझाएका छन् ।

समिति संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले शिक्षा क्षेत्रमा ध्यान पु¥याउन नसकेको भन्दै कोरोना मारमा रहेको शैक्षिक क्षेत्र उठास्न सरकारले विशेष तयारीसहित ध्यान दिनुपर्नेमा जोड दिए । शैक्षिक क्षेत्रका सरोकारवाला पठनपाठन सुरु गर्न विभिन्न विकल्पसहित तयार रहे पनि सरकार जिम्मेवारीबाट पन्छिएको आरोप पनि उनले लगाए ।

कार्यक्रममा सहभागी शिक्षासम्बन्धित व्यक्तिले निजी विद्यालयलाई राहत दिनुपर्ने, निःशुल्क इन्टरनेट व्यवस्था गरिनुपर्ने, स्थानीय निकाय थप सक्रिय बनाइनुपर्ने, शैक्षिक गतिविधि अघि बढाउन सरकार बाधक नबनेर अभिभावक बन्नुपर्ने माग गरे । उनीहरूले भर्चुअल माध्यम, टिभी तथा रेडियोबाट शैक्षिक गतिविधि सुचारु गर्नुपर्नेमा पनि जोड दिए ।

छलफलमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति खगेन्द्र भट्टराई, शिक्षाविद् विद्यानाथ कोइराला, प्राध्यापक संघ अध्यक्ष उद्धव थापा, शिक्षक संघ अध्यक्ष राजेन्द्र पौडेल, पूर्वसचिव जनार्दन नेपाल, राष्ट्रिय योजना आयोगका पूर्वसदस्यद्वय प्रभु बुढाथोकी, हृदयमान प्रधान, प्याब्सन सहअध्यक्ष डिके ढुंगाना, एनप्याब्सन अध्यक्ष सुवास न्यौपाने, सिनासका निर्देशक मृगेन्द्र कार्कीलगायत सहभागी थिए ।
(राजधानी दैनिकबाट)

ताजा खबर