कोरोनाको कहरबाट उन्मुक्तिको उपाय 

२०७७ श्रावण ५ सोमबार १६:३५:०० मा प्रकाशित

बिकासका काम गर्ने गैरसरकारी संस्थाहरुमा स्वमूल्याङ्कन गर्ने चलन पश्चिमाहरुले अपनाउँदछन् । हामी पनि योजनाको उपलव्धि हेर्न त्यसको प्रयोग गर्दछौं । मेरा विगत हैसियत र अवस्थाको स्वमूल्याङ्कून गर्दा म व्यक्तिगतरुपमा धेरै क्रियाशील भन्ने कित्तामा मलाई मेरा साथिहरुले राख्ने गरेको पाएको छु । मलाई पनि ठीकै लाग्दछ, यो सही हो । तर आजसम्म म लकडाउनमा बसेको ३ महिना २१ दिन भयो । घरमा र होम गार्डेनमामात्र काम गर्न सकिएको छ । कृषि अनुसन्धान कार्य, वौद्धिक क्षेत्रमा सानोतिनो काम गर्नसम्म पाइएको छ । बाँकी दिन निकै उपलव्धिहिन, काल्पनिक तथा तनाव पो होलाकि भन्ने अवस्थामा चलिरहेको हुँदा सर्वसाधारणमा यस कोभिडले सवै क्षेत्रमा गम्भीर नकारात्मक असर पारेको छ भन्न अवश्य नै सकिन्छ । मोटामोटी कोरोनाको प्रकोपबाट नेपालमा निम्न कुराहरु हुनसक्ने देखिन्छ:

(क) कृषि उत्पादन घट्न सक्ने छ । 
(ख) वैदेशिक रोजगारीमा गएका नेपालीहरुको रोजगारी गुम्ने छ, 
(ग) ठूलो संख्यामा विदेशबाट नेपालीहरु आउने छन्, जसको रोजगारी गुमेको हुनेछ उनीहरुले सामाजिक, सांस्कृतिक, नैतिक अनि राजनीतिक रुपमा प्रभाव दिने छन्
(घ) प्राकृतिक प्रकोपले विपन्न, गरीव तथा सिमान्तकृत जनताहरु पीडित भएका हुनेछन् 
(ङ) रोजगारी गुमेका तथा लकडाउनमा बसेकोले पेशा तथा व्यवसाय नचलेकाहरुले आफ्नो तलव, रोजगारी तथा लिनुपर्ने माग गर्ने दिनचाहिं नसक्ने नचाहने मुद्धाहरु उठ्नेछन् । यसले गर्दा देशभरी आवश्यकताकालागि अनावश्यक कलहको विवाद बढ्ने छ 
(च) आर्थिक मन्दी तथा रेशेशन स्टेगनण्ट (Recession and Qmagnant) देखापर्ने छ
(छ) नेपाल जस्तो कमजोर शासन तथा प्रशासनमा भ्रष्टाचार भएको भनिने, कुशासन वहाली रहेको देशमा राष्ट्र सेवकहरुले यस्तो अवस्थालाई सुनौलो मौका ठानी काम गर्न थालेमा प्रशासन र राजनीतिक क्षेत्रमा भ्रष्टाचार बढने छ । ठेकेदार, व्यापारीहरुले जिम्मेवारी पुरा नगर्ने, पन्सिने बहाना कोरोनाको असरलाई देखाउने र काम नगर्ने अवस्था आउनेछ । यसको कारणमध्ये अविकसित तथा विपन्न देशमा कम्युनिष्ट सरकार हुनु भनेको विधि नीति भन्दा बढी नेतृत्वको हुकुम, आदेशबाट सञ्चालन गर्ने गराउने पद्धति प्रतिको रुझान तथा प्रयत्न भएको हुनेछ, जो हाल भइरहेको छ;


(ज) नागरिक अधिकारको उपभोग गर्न बानी परिसकेको आम जनताहरुबाट भने सर्वत्र सरकारको सरकारी काम तथा कारबाहीको निन्दा तथा भत्र्सना हुन  जानेछ । यसले औचित्य भन्दा पनि बढी आवेग, रिश तथा बदलाको भावना उत्तेजनामा काम गर्न थाल्ने छ
(झ) जनतामा निरुत्साह तथा उत्तेजना फैलिने काम भइरहने त्यसलाई निश्तेज तथा पीडा समन गर्न राजनीतिक क्षेत्र विभाजित भइरहने कारण जनसरोकारका सवालहरु वेवास्ता हुने भएकाले कम प्रयास हुन जानेछ, जसले सरकार अप्ठेरोमा पर्न जाने छ
(ञ) छिमेकी राष्ट्रहरुबाट आफ्नो हित स्वार्थसँग गाँसिएका मुद्धाहरुमा चलखेल तीव्र हुनेछ । 

यी सवै सम्भाव्य असर तथा परिणामहरुलाई मध्यनजर गर्दै नेपाल जस्तो भरखरै संघीय गणतन्त्रको मोडलमा अभ्यास गरिरहेको देशमा निम्न लिखित कामहरु गरेको अवस्थामा आउने ती समस्याहरुको निराकरण हुन सक्दछः

(क) राजनीतिक स्थिरताका लागि सर्वत्र जनदवाव सिर्जना गर्ने र गराउने
(ख) कृषि, पशुपालन तथा पूर्वाधार बिकासमा जोड दिने र ती क्षेत्रमा आम जनताको सहभागितामा परिचालन गर्ने गराउने
(ग) विपत्ति जोखिमि न्यूनिकरण गर्नकालागि नागरिकहरुका आइपर्ने समस्याहरुको सामना गर्ने शीप कला, तयारीको क्षमता बढाउने
(घ) उत्पन्न सवै खालका समस्याहरुको निराकरणमा मध्यस्थता तथा समन्वय गर्ने र  समाधानमा प्रयत्न गर्ने मोडल अभ्यास गर्ने
 (ङ) शान्ति र सुरक्षा कायम गर्न सरकारलाई समर्थन गर्ने, सवैले भन्नेकि विधि बमोजिम चल्ने चलाउने
(च) सरकारका कामकारवाहीको समीक्षा गरी नागरिक सचेतनाको अभियान सुव्यवस्थित गर्ने निरन्तरता दिने अवरोध र दमन नगर्ने
(छ) सरकारलेपनि आफ्नो कार्यशैलीमा एकीकृत तथा समन्यवात्मक प्रतिरक्षा तथा समाधान पद्धतिको अवलम्वन गर्ने गराउने
(ज) सन्तुलित कूटनीतिको अवलम्वन गर्ने, सरकारका सवै तह निकायहरुलाई सावधानीकासाथ पूर्वावस्थामा ल्याई परिचालन गर्ने गराउने
(झ) विगतमा जे भएपनि अव सुशासन तथा सदाचारको वहाली गर्ने रणनीति अपनाउने
(ञ) आम नागरिकहरुमा दीगो टीकाउ, दैनिक वानी व्यबहारको विकास गर्न विपत्तिको लागि टीकाउ आचारसंहिता तयार गरी लागु गर्ने 
(ट) विपन्न तथा असक्षम व्यक्ति वर्ग तहमा राहतको व्यवस्था गर्ने

(ठ) सरकारले आम जनताहरुमा निरन्तर काम गरिरहनकालागि सवल, सक्षम दृढ मनोवल बनाएर काम गरिरहन राष्ट्रिय स्तरबाट आव्हान गर्ने ।

   
यी माथि उल्लेखित समस्या तथा समाधानको उपायहरु विगतमा पनि भएका ठूला महाविपत्तिका समयमा विश्वका विभिन्न देशहरुमा अवलम्बन गरिएको मोडलहरु हुन् । विश्वयुद्धको लगत्तै पछिको समयमा ( १९१९ देखि १९३४ सम्म), महाभूकम्पले क्षतविक्षत भएका अवस्थामा,  विगतको सशस्त्र द्वन्दको अवस्थामा पनि यस्ता होलिष्टिक मोडलहरु अपनाएर स्थितिलाई सामान्य अवस्थामा ल्याउन सकिएको उदाहरण पाइएकोले नेपालमा पनि वर्तमान समयमा यस्ता कामहरु गर्न गराउन आवश्यक देखिन्छ । यो समस्याबाट उन्मुक्ति पाउने युक्ति हुनेछ । (लेखक खत्री वरिष्ठ अधिवक्ता हुन्)

ताजा खबर