संविधानविद् आचार्यका दुइ नयाँ कृति सार्वजनिक

२०७७ श्रावण ५ सोमबार १४:२८:०० मा प्रकाशित

 काठमाडौं । संविधानविद् डा.भीमार्जुन आचार्यले संविधान र न्यायसम्बन्धी आफ्ना दुई नयाँ कृति सार्वजनिक गरेका छन् । आचार्यका दुइ कृतिमा ‘द कन्सेप्ट अफ जुडिसिएल रिभ्यु’ र ‘कन्स्टिच्युसन एन्ड कन्स्टिच्युसननलिज्म’ आईतबार सार्वजनिक भएका हुन् ।

वरिष्ठ अधिवक्ता आचार्यले कोरोना महामारीका कारण औपचारिक कार्यक्रम आयोजना गरेर कृति लोकार्पण गर्न उपयुक्त नभएकाले सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपरेको बताएका छन् ।

पैरवी प्रकाशनले प्रकाशित गरेका पुस्तकहरुमा नेपालको संवैधानिक इतिहास, न्यायपालिका र न्यायपालिकाको विगत, सर्वोच्च अदालतले गरेका महत्वपूर्ण फैसलाहरुको समीक्षा, संविधान निर्माण प्रक्रिया, मौलिक अधिकार, संवैधानिक सिद्धान्तहरू, प्रेस स्वतन्त्रता, विधिको शासन, न्यायिक पुनरावलोकन लगायतका बिषयहरुका बारेमा चर्चा गरिएको छ ।

नेपालका संविधानहरू, अदालती प्रणाली, नेपाली कानुनी प्रणाली, राज्य संरचना, शासन पद्धतिआदिका बारेमा जानकारी राख्न चाहने स्वदेशी तथा विदेशीका लागि पुस्तकहरु उपयोगी हुने लेखक आचार्यले अपेक्षा राखेका छन् । 

वरिष्ठ अधिवक्ता आचार्यले लेखेको पुस्तक ‘कानुन र राजनीति’  २०७१ सालमा प्रकाशन भैसकेको छ ।
 

ताजा खबर