भोलीदेखी सार्वजनिक यातायात सञ्चालन हुने

२०७७ श्रावण ५ सोमबार ०९:२१:०० मा प्रकाशित

काठमाडौं । भोलिदेखि सार्वजनिक सवारीसाधान सञ्चालनमा आउने भएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानबाट यातायात सञ्चालन हुने जानकारी दिए ।

सरकारले असार २६ गतेदेखि नै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न माग राख्दै आएका व्यवसायीले तत्काल सवारी सञ्चालन गर्न नसकिने बताएका थिए । आइतबार बिभागमा भएको छलफलपछि सवारीसाधान सञ्चालन गर्न व्यवसायी तयार भएका हुन् ।

कोरोना संक्रमणको सम्भावना बाँकी नै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर सवारी सञ्चालन गरिने व्यवसायीको भनाई छ ।

अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् भने उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । लामो दुरीका यातायात सञ्चालनमा छलफल भइरहेको व्यवसायीले बताएका छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर