अमेरिकाद्वारा ध्वनी भन्दा १७ गुणा तिब्र हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण

२०७७ श्रावण ५ सोमबार ०८:५५:०० मा प्रकाशित

अमेरिको ध्वनी भन्दा १७ गुना तिब्र गतिको क्षेप्यास्त्र निर्माण गरेको छ । उक्त हाइपरसोनिक क्षेप्यास्त्र परिक्षण मार्चमा प्रशान्त महासागरमा गरेको अमेरिकी सेनाका एक वरिष्ठ अधिकारीले जानकारी दिएको हो ।

उक्त परीक्षण पुर्ण सफल भएको सीएनएनले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेमा यस प्रकारको क्षेप्यास्त्र विकास गर्ने तर्फ संकेट गरेका थिए । यद्यपी कुनै सैन्य अधिकारीले उक्त परीक्षणको जानकारी दिएको पहिलो पटक हो ।

अमेरिकाले अब एक क्रुज क्षेप्यास्त्र पनि परीक्षण गर्ने तयारी गरिरहेको छ । तर यो परमाणु शक्ती युक्त नहुने जनाइएको छ । गत मार्च २० मा अमेरिकाले ध्वनीको बेग भन्दा ५ गुणा तिब्र क्षेप्यास्त्रको सफल परीक्षण गरेको जानकारी दिएको थियो ।

अमेरिकाको डिफेन्स रिसर्च एन्ड इन्जिनियरिंग डिपार्टमेन्टका निर्देशक मार्क लेविसले ३० जुनमा भनेका थिए , हामी ४ बर्षमा हाइपरसोनिक क्षेप्यास्त्रको ४० परीक्षण प्रहार गर्ने छौं । अमेरिकाले प्रशान्त महासागर क्षेत्रमा लामो दुरीको क्षेप्यास्त्र एक्स ५१ को परीक्षण पहिल्यै गरिसकेको हो ।

यस प्रकारको हतियारका सम्बन्धमा रुस र चीन अगाडी छन् । त्यसैलाई हेरेर ट्रम्प प्रशासन पनि हाइपरसोनिक क्षेप्यास्त्र तयार गर्नमा लागेको हो । चीनले अमेरिकी स्रोतको प्रयोग गरि उक्त प्रविधि हासिल गरेको अमेरिकी रक्षा वैज्ञानिकहरुले आरोप लगाएका छन् ।

हाइपरसोनिक क्षेप्यास्त्र सामान्य तया ध्वनीको बेग भन्दा ५ गुना तिब्र गतिमा लक्ष्यभेद गर्न सक्षम हुन्छ । यसलाई धेरै उचाइबाट प्रहार गर्न सकिने हुन्छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१९ डिसेम्बरमा नै आफनो रक्षा बेडामा पहिलो हाइपरसोनिक क्षेप्यास्त्र एवनगार्ड समावेश गर्ने घोषणा गरेका थिए । त्यसैगरी चीनले रुस भन्दा दुई महिना अगाडी सन् २०१९ अक्टोबरमा आफनो डीएफ १७ हाइपरसोनिक क्षेप्यास्त्रको जानकारी दिएको थियो ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर