हिम पहिरोमा एकजोर दुर्लभ हिम चितुवाको ज्यान गयो

२०७७ श्रावण ४ आइतबार १३:१३:०० मा प्रकाशित

 सिमकोट । हिमाल पारीको गाउँ लिमीमा हिम पहिरोमा पनि दुई वटा हिम चितुवा मरेका छन् । ओढारमा बसेको बेला माथिबाट आएको हिम पहिरोले छोपेर दुई वटा हिम चितुवामा बच्चा मरेका हुन् ।

नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको तील गाउँनजिकको दोम्वाल्यमा माथिबाट आएको पहिरोमा पुरिएर दुई वटा हिम चितुवाका बच्चा मरेको वडा अध्यक्ष पाल्जोर तामाङले बताएको गोरखापत्रमा समाचार छ ।

ती चितुवा केही अगाडि मरेको र लिमीमा गठन गरिएको वन्यजन्तु संरक्षण समितिले पत्ता लगाएको तामाङले  बताए । समितिले हिम पहिरोमा पुरिएर च्यापिएको अवस्थामा फेला पारे पनि छाला हड्डी काम नलाग्ने अवस्थामा रहेको बताएको छ ।

हिम चितुवा पहिरोमा पुरिएर मरेको खबर आउनेबित्तिकै कर्मचारी लिमी पठाउन लागेपनि समिति र वडाले केही काम नलाग्ने जानकारी गरेपछि कर्मचारी नगएको डिभिजन वन कार्यालय प्रमुख निरज झाले बताए । दुर्लभ मानिने हिम चितुवा लिमीमा भने धेरै छन् ।

ताजा खबर